काठमाडौ माघ ४ गते । प्रदेश नम्बर दुईका लागि प्रमुखमा नियुक्त हुनुभएका रत्नेश्वर लाल कायस्थलाई संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आज शुभकामना तथा बधाई दिनुभएको छ ।
पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि अध्यक्ष यादवले कायस्थलाई शुभकामना तथा बधाई दिनुभएको हो । मन्त्रीपरिषद्को बैठकले उहाँलाई हिजो प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।
देश र जनताको हकहितमा काम गर्न सुझाव दिँदै अध्यक्ष यादवले गणतन्त्र र संघीयतालाई संस्थागत गर्न कार्यस्थको भूमिका उच्च रहने धारणा राख्नुभयो ।
प्रमुख कायस्थले पार्टीका सबै साथीको सहयोग र सद्भावका कारणले आफू यो पदमा गएको र आफूले लोकतान्त्र, गणतन्त्रका लागि सक्दो योगदान दिने धारणा राख्दै पार्टी पंक्तिलाई उहाँल धन्यवाद दिनुभयो ।
फोरम नेपालले कायस्थलाई प्रमुखमा नियुक्त गर्नुपर्छ भन्दै प्रधानमन्त्री शेबहादुर देउवालाई प्रस्ताव गरेको थियो ।
कायस्थ पार्टीको सचिव हुनुहुन्छ । साथै उहाँ नेपाल सरकारका पूर्व सचिव पनि हुनुहुन्छ ।

No comments: