» » छानविन आयोगले शुरु गर्यो मलेठघटनाको अध्ययन

सप्तरी पुस २९ गते । २०७३ फागुन २३ गते सप्तरीको मलेठमा भएको घटनाका लागि बनेको छानविन आयोगले छानविन शुरु गरेको छ । 

आयोगका प्रतिनिधि शनिवार सप्तरी पुगेका छन् । उनहिरुले स्थालगत छानविन शुरु गरेका छन् । आयोगले यहाँका विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला तथा पीडित परिवारसँग घटनाको बारेमा जानकारी लिएकोे आयोगका अध्यक्ष तथा पूर्व प्रधानन्यायधिश अली अकबर मिकरानीले जानकारी गराउनुभयो ।

काम शुरु गरेको एक महिनामा प्रतिवेदन सरकारलाई बुझाउनु पर्ने बताउँदै मिकरानीले यसको अध्ययनमा स्थानीय व्यक्तिको विशेष भूमिका हुने बताउनुभयो । सत्य तथ्य घटनाको जानकारी पाए मात्र अध्ययन प्रतिवेदन राम्रो हुने र त्यसले पीडितलाई न्याय दिने उहाँले बताउनुभयो ।

सरकारले बैशाख २४ गते जाँचबुझ आयोग गरेको थियो । एमालेको मेचीकाली राष्ट्रिय अभियानले जिल्लाको गजेन्द्रनारायण सिंह औद्योगिक परिसरमा कार्यक्रम आयोजना गरेको बेला भएको झडपमा छजनाको ज्यान गएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..