» » श्रीमान, सासु र सासुराले बबितालाई हत्या गर्ने प्रयास

सप्तरी माध २ गते । सप्तरीमा एक महिलालाइ कुटपिट गरी उनका श्रीमान र ससुराले विष सेवन गराई हत्या गराउने प्रयास गरेका थिए ।

जिल्लाको विष्णुपुरका ३२ वर्षीया बबीतादेवी साहलाई कुटपिट गरी उहाँ श्रीमान् सीताराम साह, ससुरा रामसुन्दर साह र सासू भुलीदेवी साहले विष सेवन गराई हत्या गर्ने प्रयास गर्नुभएको थियो ।

पीडित बबिताले लिखित उजुरी प्रहरीमा दिएपछि सासू भुलीदेवी र ससुरा रामसुन्दरलाई पुस ३० गते साँझ गिरफ्तार गरी अनुसन्धान थालिएको इन्स्पेक्टर सुजता तुमवाहाम्फेले बताउनु भयो ।

बबितालाई बेहोसी अवस्थामा राजविराजस्थित अञ्चल अस्पताल भर्ना गरि उपचार गराई रहेको छ । दोस्रो विवाह गर्ने धम्की दिँदै आएका पतिले कुटपिट गरेपछि सासु, ससुरासमेत मिली विष सेवन बबिताले बताउनुभयो । उजुरीका लागि जिल्ला प्रहरी कार्यालय आउनु भएको पीडित अचेत हुन थालेपछि प्रहरीले नजिकैको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गराएको छ ।

अस्पतालमा पीडितको उपचारपछि अवस्थामा सुधार आएको भन्दै आकस्मिक विभागका इञ्चार्ज अहेब धनेश्वर साहले केही दिन निरीक्षणका लागि अस्पतालमा राख्नु पर्ने बताउनु भयो  ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..