» » राजपा नेपालद्धारा आयोगलाई ‘कन्भिन्स’ गर्ने प्रयास

काठमाडौ पुस २८ गते । राष्ट्रिय जनता पार्टी नेपालले आज पनि प्रदेशसभा समानुपातिकको संशोधित सूची बुझाउन सकेन ।

आयोगको पत्र अनुसार संशोधित सूची आज बुझाउने तयारी राजपा नेपालले गरेको थियो । तर त्यसमा दलित, आदिवासी जनजाति र मुस्लिम पर्न नसकेको कारण समावेशी समूह अनुसार नै सूची बनाउन दिनुपर्ने आग्रह आयोगलाई गरेको छ ।

तर आयोगले राजपा नेपालको सो आग्रह स्वीकार गरेको छैन । राजपा नेपालले सूची बुझाउँदा नै समावेशी समूह अनुसार बुझाएको छैन अनि अहिले आएर मुस्लिम, दलित, जनजाति खोजेर हुन्छ, आयोगका एक पदाधिकारीले भने, सूची बुझाउँदा सबैलाई मधेशी समूहमा नै राखेको छ अहिले हाम्रो सूची समावेशी भएन भन्छन् ।’

राजपा नेपालका नेताहरुले संशोधन सूची बुझाउँदा त्यो समावेशी हुँदैन, त्यसले पार्टीमा विवाद बनाउँछ । पार्टीले समानुपातिक सूची समावेशी गर्न सकेन भनि कार्यकर्ताले विरोध गर्छन्, त्यसैले मुस्लिम र दलित रहने गरि व्यवस्था मिलाउन आयोगलाई राजपा नेपालका नेताहरुले आग्रह गर्नुभएको स्रोतले जनाएको छ ।

आयोगले पनि यस विषयमा छलफल नै गर्नुपर्छ भनि राजपा नेपालका नेताहरुलाई खाली हात फर्काएका छन् । आयोगले माने पनि नमाने पनि आइतवार सूची बुझाउने नेताहरु बताउनुहुन्छ ।

यदि सरकारले आज प्रदेश प्रमुख नियुक्त गरेको भए राजपा नेपालले आजै संशोधन सूची बुझाउँथ्यो । नियुक्ति नभएको कारण आयोगसँग कुरा गर्न समय मिलेको छ ।


यो पनि पढ्नुस्

बल्ल मिलायो राजपा नेपालले समानुपातिक झन्झट, को भए इन को भए आउट ?

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..