» » भारतले गर्यो केन्याबाट सात नेपाली महिलाको उद्धार

काठमाडौ पुस २० गते । भारतले सातजना नेपाली महिलालाई उद्धार गरेको छ । केन्यामा एक तस्कर समूहको बन्दीमा रहेको १० जना महिलालाई भारतले उद्धार गरेको छ त्यसमा सातजना महिला नेपाली रहेका छन् ।

भारतीय विदेशमन्त्री शुष्मा स्वराजले आफ्नो ट्वटीटमार्फत उद्धार गरिएको जानकारी गराउनु भएको छ ।

उहाँका अनुसार उद्धार गरिएका महिलालाई भारत लगिदैछ मानव तस्करीमा संलग्नलाई कारवाही गर्न समेत उनले निर्देशन दिनुभएको छ ।

ती महिलालाई केन्याको मोम्बासा सहरमा बन्दी बनाइको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..