» » काशीदेवी नाटक हेरेपछि महन्थ ठाकुरले भन्नुभयो, दुर्गानन्द झाको सपना पूरा भएको छ

काठमाडौ माघ ६ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सहिद दुर्गानन्द झाले देखेको सपना पूरा भएको बताउनुभएको छ ।

दुर्गानन्द झा जुन उद्देश्यले सहादत दिनुभयो, त्यो पूरा भएको र त्यसलाई कार्यान्वयका लागी संघर्ष भइरहेको उहाँले बताउनुभयो । ‘काशीदेवी’ मैथिली नाटक हेरेपछि आफ्नो धारण राख्दै संयोजक ठाकुरले विगतकको ऐतिहासिक घटनालाई प्रस्तुत गरेर जिवन्तता प्रदान गरिएको बताउनुभयो ।

नाटकमा दुर्गानन्द झाको जेल जीवन देखाउँदा आफ्नो जेलजीवन स्मरण गर्दै उहाँले भन्नुभयो, जेल जीवनको यातनाको याद दिलायो नाटकले ।’

दुर्गानन्द झा भौतिक रुपमा नभएपनि भावनात्मक रुपमा सबैको मनमा, दिमागमा, वचनमा रहेको बताउँदै उहाँले भन्नुभयो, ‘दुर्गानन्द झाले लिनुभएको उद्देश्य पूरा भएको कुरा उहाँले आफै नदेखे पनि जिवित रहनुभएको उहाँका श्रीमती काशीदेवी झाले हेर्नुभयो, त्यसका लागि लड्नु पनि भयो ।’

सो पार्टीका महासचिव सुरेन्द्र झाले दुर्गानन्द झाको उद्देश्य पूरा गराउनमा तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीले खेलेको भूमिकालाई पनि स्मरण गर्नुपर्ने बताउनुभयो । नाटक हेरेर निस्केपछि सहारा टाइम्ससँगको कुराकानीमा उहाँले भन्नुभयो, काशीदेवी झालाई कानुन राज्यमन्त्री बनाउनुदेखि लिएर दुर्गानन्द झालाई सहिद घोषणा गराउने काममा तमलोपाको भूमिका सह्रानीय रहेको छ ।’

काशीदेवी नाटक आज सम्पन्न भएको छ । नाटकमा काशीदेवीले राजयमन्त्रीको सपथ लिँदा संवादलाई संशोधन गरि तराई मधेश लोकतान्त्रिक पार्टीको नाम त्यहाँ समावेश गरिएको छ ।

आज नाटक हेर्नका लागी राजपा नेपालका महन्थ ठाकुर, वृषेशचन्द्र लाल, बीपी यादव, डा.सुरेन्द्र झा, विनोद सिंह, नेपाली काँग्रेसका नेता गगन थापा, अधिकारकर्मी विजयकान्त कर्णलगायतका नेताहरु पुग्नु भएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..