» » राष्ट्रिय सभाको विषमया राजपा नेपाल र फोरम नेपालबीच छलफल

काठमाडौ माघ ८ गते । राष्ट्रिय सभा चुनावमा तालमेल गर्ने विषयमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच छलफल भइरहेको छ ।

तीनकुनेस्थित फोरम नेपालको पार्टी कार्यालयमा भइरहेको छलफलमा काँग्रेससँग तालमेल गर्ने वाम गठबन्धनसँग तालमेल गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

राजपा नेपाल र फोरम नेपालले काँग्रेस तथा वाम गठबन्धनसँग पनि छुट्टै छुट्टै छलफल गरिसकेको छ । राजपा नेपाल र फोरम नेपालले काँग्रेससँग पाँच सीट माग गरेको छ भने वाम गठबन्धनसँग छ सीटको माग गरेको छ ।
तर नकाँग्रेसले यसमा हालसम्म सहमति देखाएको छ भने न वाम गठबन्धनले नै ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..