» » रानी वनमा वनमारा झार

भद्रपुर, पुस १८ गते । झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् ।

द्रुत गतिमा फैलिन थालेको वनमारा झारलाई मार्न तत्काल आवश्यक उपाय निकाल्नुपर्ने उपभोक्ताले बताएका छन् । वनभित्र रहेका सिसौका रूख समेत सुक्न थालेका छन् ।

वनलाई हराभरा बनाउन वनमारा झारलाई नष्ट गर्नुपर्ने, वनभित्र सुकेका र सुक्न लागेको रूखलाई कटान गरी रोग नलाग्ने बोटबिरुवा रोप्नुपर्ने उनीहरुले बताएका छन् । झापा गाउँपालिकामा १०४ हेकटरमा फैलिएको सो वन २०३९ सालमा स्थापना गरिएको हो । हाल सो वनबाट ९४० घरधुरी लाभान्वित भएका छन् ।

उक्त वनमा तत्कालीन राजा महेन्द्रले शिकार खेली नरभक्षी बाघलाई मारेको र रानीले नुहाएको पोखरीसमेत रहेकाले रानी वन नाम दिइएको रानी सामुदायिक वनका सचिव भगेन्द्र भण्डारी बताउनुहुन्छ । वनमा सिसौ, टिक, सिमल र कदमका रुख रहेका छन् ।

करिब रु २० लाख आम्दानी हुने गरेको सो वनको १० हेक्टर जग्गामा १४ वटा पोखरी निर्माण गरिएको छ । पोखरीमा माछापालन गरिँदै आएको छ । माछापालनबाट सो वनले वार्षिक रु दुई लाख ५० हजार आम्दानी गर्दैआएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..