» » शैलेन्द्र साहले वितरण गर्नुभयो कम्बल

सप्तरी, माघ २ गते । दुई प्रदेश सप्तरीका प्रदेशसभा सदस्य शैलेन्द्रप्रसाद साहले शीतलहर पीडित परिवारलाई कम्बल वितरण गर्नुभएको छ ।

    सप्तरीको छिन्नमस्तामा १३० मुसहर परिवार र मलेठमा १५० विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको छ । संघीय समाजवादी फोरम नेपालका केन्द्रिय नेता समेत रहनु भएका साहले ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता तथा एकल महिलाहरुलाई प्राथमिकतामा राखेर राहत सामग्री सामग्री वितरण गर्नुभयो ।
 
    यसअघि गत २३ गते प्रदेशसभा सदस्य साहले शितलहरका कारण जनजीवन अति कष्टकर भईरहेको भन्दै राहत सामग्री, आगो बाल्ने दाउरा तथा औषधिसहितको स्वास्थ्यकर्मी पठाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउनु भएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..