» » शितलहरले सहिद भन्दा बढीको मृत्युः मृत्यकको सँख्या ८२

काठमाडौ माघ १ गते । यस वर्ष शीतलहरले प्रदेश नम्बर २ को आठ जिल्लामा मृत्यु हुनेको संख्या ८२ पुगेको छ ।

सप्तरी १९, रौतहट १७, सिरहा १०, बारा ९, पर्सा ९, सर्लाही ७, धनुषा ३ र महोत्तरीमा ८ जनाको मृत्यु भइसकेको छ ।


यतिका मान्छे मधेश आन्दोलनमा पनि सहीद भएका थिएनन् । तथ्यांकमा चिसोले मान्छे मरेको देखिए पनि खासमा यो राज्यद्धारा गरिब जनताको निर्मम हत्या हो । न्यानो लुगा र मौसम अनुसारको खानेकुराको अभावमा मान्छेको ज्यान जाने गरेको हो ।

प्रदेश नम्बर २ को यी आठ जिल्लामा गरीवी र अभावको दुष्चक्र कुन हदसम्म व्यापक छ, त्यो बुझ्न मृत्युको यो तथ्यांक काफी छ । संघीय समाजवादी फोरम नेपाका अध्यक्ष उपेन्द्र यादवका प्रेस सयोगी महेश चौरसिया भन्नुहुन्छ, अब अधिकारको लागि मात्रै होइन, आन्दोलन गरिबीविरुद्ध पनि हुन अनिवार्य छ ।

आर्थिक सम्बृद्धि नभएसम्म शीतलहरको नाममा वर्षेनि यसरी नै सयौं निर्दोष जनताले ज्यान गुमाउन अभिसप्त हुनेछन् । मृत्युको यस्तो भयावह अवस्थाप्रति राज्य र विशेषगरी मधेश केन्द्रीत दलको ध्यान जान जरुरी देखिएको छ ।

मधेश केन्द्रीत दलका नेताहरु अहिले शितलहर पीडितका लागि कम्बल वितरण गरिरहनु भएको छ । अरु संस्था जस्तै उहाँहरु कम्बल बाँडेर वाहवाही लिइरहनु भएको छ । जब कि उहाँहरु कम्बल बाँडेर होइन, जनताको हकमा काम गरेर देखाइ वाहवाही लिनु पथ्र्यो ।

चिसोमा, बाढीमा, गर्मीमा, आगलागीमा मधेशमै मात्र मान्छे किन मर्छने त्यसका लागि मधेशवादी दलले दीर्घकालिन उपाय अपनाउनु पथ्र्यो तर त्यस्तो देखिएको छैन ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..