» » यस कारण गुहार्नु पर्यो यूएनलाई

काठमाडौ पुस २४ गते । तराई मधेश राष्ट्रिय परिषद्ले आज युएनलाई ज्ञापनपत्र बुझाएको छ । पुल्चोकस्थित युएनको कार्यालय अगाडि परिषद्ले सो ज्ञापनपत्र बुझाएको हो । तराई मधेशमा भएको आन्दोलनको बारेमा सरकारले छानविन गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न परिषद्ले केही दिनदेखि दवाव मुलक कार्यक्रम गर्दै आएको छ ।

सोही दवाव अन्तर्गत परिषद्ले आज युएनलाई ज्ञापनपत्र बुझाएको छ । सरकारले प्रतिवेदन सार्वजनिक गराउने पहल युएनले गरोस भनि ज्ञापनपत्र बुझाएको हो ।

पुस २२ गते माइतीघर मण्डलमा प्रदर्शन पनि गरेको थियो ।

पूर्व न्यायधिश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन भएको उच्च स्तरीय छानविन आयोगले मंसिर २८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..