» » ट्र्याक्टरको ठक्करबाट बालिकाको मृत्यु


सिरहा पुस २१ गते । सिरहा अर्नामा गाउँपालिका–३ मा विहिवार ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–८ का रामकुमार शर्माकी डेढ वर्षीया छोरी सपनाकुमारी रहेकी छिन् ।

अर्नामा गाउँपालिका–३ स्थित मामाघर आएकी उनलाई खेलिरहेको अवस्थामा स १ त ५४७० नं को ट्र्याक्टरले ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्र्याक्टर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..