» » मन्त्रीले नै भन्नुभयो, प्रदेशसभा सदस्यको सपथग्रहण काठमाडौमा हुन्छ

काठमाडौं, पुस २२ गते । वाणिज्यमन्त्री मिन विश्वकर्माले अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख नियुक्ती गरे पनि प्रदेशको अस्थायी राजधानी नतोक्ने बताउनुएको छ ।

आज राजधानीमा आयोजित एका कार्यक्रममा उहाँले भन्नुभयो, “अब बस्ने क्याविनेटमा प्रदेश प्रमुखहरुको नियुक्ती हुन्छ, हामी त्यसको लागि पूरै तयारीमा जुटिसकेका छौं, तर प्रदेशको अस्थायी तोक्ने काम हामी गर्दैनौं ।”

उहाँले आगामी मन्त्रिपरिषदको बैठकमा प्रदेश प्रमुखहरुको नियुक्ति गरिए पनि अस्थायी राजधानी तोकिने काम भने नहुने जिकिर बताउनुभयो ।

प्रदेशको अस्थायी राजधानी तोक्नेबारे सर्वदलीय बैठकमा सल्लाह गर्दा अन्य दलहरुले यसमा आफूहरुको चासो नभएको भन्दै उम्किने काम गरेकोले यो सरकारले मात्रै अपजस नलिने उहाँको भनाई थियो ।

 “सहसचिवको नेतृत्वमा अध्ययन कार्यदल बनेको छ, अस्थायी राजधानी तोक्नेबारे सुचना चुहावट गर्दा देशभरि आन्दोलन चलिरहेको छ, एमाले, माओवादी, फोरम र राजपालाई बोलाएर सर्वदलीय बैठक बस्दा उहाँहरु पन्छिनुभयो । आन्दोलन भैरहेको बेला, निर्णय गर्न हुँदैन् भन्ने हाम्रो निश्कर्ष छ ।” उहाँले भन्नुभयो ।

संविधानतः प्रदेश सभाले नै प्रदेशको राजधानी तोक्ने उल्लेख गर्दै विश्वकर्माले भन्नुभयो, “सरकारले अस्थायी राजधानी तोक्ने हो, तर बहुमत कहीँ पनि छैन् । यो सरकारको कार्यकालमा अस्थायी राजधानी तोक्ने काम हुँदैन् । आपसी समझदारीका आधारमा काठमाडौंमा कहीँ कतै सपथग्रहण गर्ने र उहाँहरु आफ्नो कार्यक्षेत्र फर्कने सम्भावना हुन्छ ।”

उहाँले फागुण यता नयाँ सरकार गठन नै नहुने जिकिर पनि गर्नुभयो । उहाँले भन्नुभयो, “एमालेका साथीहरुले राष्ट्रिय सभाको निर्वाचनपछि सरकारमा जान्छौं भन्नुभएको छ, अब त भद्र भलादमी बन्नुहोस्, अब चुनावी भाषण नगर्नुहोस् ।”

विश्वकर्माले अहिले आफूले बोल्दै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिनुभयो भने के हुन्छ ? भन्दै प्रश्न समेत तेर्साउनुभयो । उहाँले थप्नुभयो, “सरकार हुन्छ त ? हुँदैन्, भएन भने चुनाव हुँदैन् ।”

उहाँले आफूहरुले सरकार छिटोभन्दा छिटो छोड्न चाहिरहेको सुनाउनुभयो । यद्धपी प्रतिनिधि सभाको प्रमाणपत्र नपाईकन कसरी छोड्ने भन्दै प्रश्न समेत तेर्साउनुभयो । उहाँले सबै दल, यसका नेताहरु र सांसदहरु जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री विश्वकर्माले आफूहरुको बुद्धिले बाटो खोलिदिएको तर वाम गठबन्धनका नेताहरुको बुद्धिले बाटो बन्द गरिरहेको गुनासो पोख्नुभयो । वाम गठबन्धनको पक्षमा बहुमत भएकोले उहाँहरुले अत्तालिएको पनि उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, “वाम गठबन्धनसँग बहुमत छ, यदि उनीहरु दुवै मिले भने मात्रै बहुमत छ । एउटा पार्टीको बहुमत छैन । बजारमा हल्ला छ, दुवै जनालाई कार्यकारी चाहिएको छ ।

एउटा प्रधानमन्त्री, अर्को पार्टी अध्यक्ष हो । अब यसपटक एकै व्यक्ति अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेता बन्नुपर्छ भनेर एमालेभित्रका शक्तिशाली नेताहरुले भन्नुभएको छ ।”

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..