» » माओवादी केन्द्रले माग गर्यो चार प्रदेशका सभामुख

काठमाडौँ, पुस ३० गते । नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० को संयुक्त कार्यदलको बैठकमा माओवादी केन्द्रले चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बेलुका बसेको बैठकमा माओवादी केन्द्रका नेताहरुले दुई मुख्यमन्त्री सहित चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

नेकपा ९एमाले० का नेता सुवास नेम्वाङले मुख्यमन्त्री, प्रदेशसभा सभामुख र राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा बैठकमा छलफल भएको र त्यसबारे शीर्ष नेताहरूसँग छलफल गरी टुङ्गो लाग्ने राससलाई जानकारी दिनुभयो ।

राष्ट्रियसभाको सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि भन्दै एमाले र माओवादी केन्द्रले ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..