» » चिसो बढेसँगै दाउरा वितरण


कपिलवस्तु, पुस १८ गते । केही दिनदेखिको बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्र्रिने जाडोले जनजीवन प्रभावित भएसँगै यहाँको नगरपालिकाले दाउरा वितरण गर्न थालेको छ ।


जाडो बढे पनि सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव भएको गुनासो आएसँगै यहाँको बुद्धभूमि नगरपालिकाले नगरभित्रका विभिन्न ठाउँमा तीनदिनदेखि दाउरा वितरण गरिरहेको छ ।


इमिलिया, गोरुसिंहे, महेन्द्रकोट, बुड्डी, डुमरा चोक, हरिहरपुर, मानपुर चेतरदिया, धनकौलीलगायत स्थानमा एक चट्टा बढी दाउरा वितरण गरिसकिएको नगरपालिकाका प्रशासकीय अधिकृत मेहनाथ पाध्याले जानकारी दिनुभयो । दाउरा प्रायः कम पाइने ठाउँमा दाउरा वितरण गरिएको छ ।


दाउरा पाएसँगै सर्वसाधारणले राहत महसुस गरेका छन् । यसबीच केही दिनअघि विजयनगर गाउँपालिकाले पनि सात वडाका असहाय, वृद्धवृद्धा, अपाङ्गतायुक्त २१० घरपरिवारलाई कम्बल वितरण गरेको थियो । केही दिनदेखि शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र मजदूरलाई बढी असर पु¥याएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..