» » पीएचडी पढ्दै राजपा कार्यालयका स्टाफ

एमबीएस सिध्याएर मधेशको अर्थतन्त्र विषयमा पीएचडी पढ्दै गरेका एकजना युवा कुनै पार्टीको कार्यालयमा काम गर्छन् भन्ने कुरा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, यहाँ त्यस्तै देखिएको छ । बबरमहलस्थित राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा कार्यरत राजेश चौधरी पीएचडीका विद्यार्थी हुनुहुन्छ । 
एमबीएस सिध्याएर हालै पीएचडी अध्ययनमा लाग्नु भएका चौधरी अब कर्मचारी छाडेर होलटाइम सक्रिय राजनीतिक गर्ने बताउनुहुन्छ ।

 राजपा गठन भएको सात महिना भएको छ तपाईलाई लाग्ला उहाँ सात महिनादेखि मात्र कर्मचारीको रुपमा काम गरिरहेका छन्, होइन । यदि तपाईले त्यस्तो सोच्नु भएको छ भने गलत हो । उहाँ २०६१ सालदेखि लगातार पार्टी कार्यालयको कर्मचारीको रुपमा काम गर्दै आउनुभएको छ ।
नेपाल सद्भावना पार्टीमा चारहजार महिनाबारीमा उहाँले काम काम शुरु गर्नुभएका थियो । अहिले राजपा नेपालमा महिनाको २६ हजार रुपियाँ लिनुहुन्छ ।

सद्भावना पार्टीले राजपा नेपालमा विलिन भएपछि उहाँ सो पार्टीसँगै त्यहाँ कर्मचारीको रुपमा आउनु भएको हो । कमर्श ब्याकग्राउण्डका चौधरी चाहेको भए कुनै बैंकमा महिनाको ५०–६० हजार कमाउने गरि जागिर खान सक्नुहुन्थ्यो । त्यति क्षमता छ उहाँमा तर उहाँले त्यस्तो गर्नुभएको छैन । कारण हो, उहाँले राजनीतिलाई नै आफ्नो कर्मंक्षेत्र बनाउने चाहना राख्नु । अब कर्मचारीको काम छाडेर राजपा नेपालबाट नै सक्रिय राजनीतिमा लाग्ने उहाँको तयारी छ । त्यसका लागि उहाँले तयारी पनि थालिसक्नु भएको छ । 

पार्टी कार्यालय नै किन ?
आइ.कम. सिध्याएर बीबीएस पढ्नका लागि काठमाडौ आउनुभएको चौधरीले दयाँ बयाँ नहेरिकन सिधै पढाईतिर लाग्नुभयो । कमर्श क्याम्पसमा बीबीएस पढ्न थाल्नुभएका चौधरीले आफ्नो पकेट खर्च जुटाउनका लागि कामको खोजीमा हुनुहुन्थ्यो । क्याम्पस पढ्नुको साथै ट्युशन पनि पढ्दै हुनुहुन्थ्यो । ट्युशन पढ्ने एकजना साथीसँग जागिरको लागि उहाँले कुरा राख्नु भएको थियो ।

उहाँको साथी रौतहटका चौधरी थरकै हुनुहुन्थ्यो । त्यो चौधरी साथीले राजेशलाई भन्नुभयो, ‘बैंकमा काम गर्नुहुन्छ कि पार्टी कार्यालयमा ।’ हत नपत उहाँले पार्टी कार्यालय भन्नुभयो । उहाँको साथी चौधरी पनि आश्चर्यमा पर्नुभयो । यस्तो पढे लेखेका मान्छे किन पार्टी कार्यालयमा जागिर खाने सोचेर चौधरी जिल्ल पर्नुभयो ।

पार्टी कार्यालय रोज्नुको पनि कारण रहेछ । राजेश चौधरी बाल्यकालदेखि नै राज्यबाट मधेशीमाथि विभेद भइरहेको कुरा सुन्दै आएको र बुझ्दै आउनु भएको छ । र, त्यो कुरा उहाँको दिमागमा अझै खेलिरहेको छ ।

बाल्यकालमा कुनै कुरा दिमागमा परेपछि चाँडौ हट्दैन र त्यसको खोजीमा लागेको हुन्छ र त्यस्तै भयो, राजेश चौधरीको । पार्टी कार्यालयमा काम गरेपछि त्यसको मार्फत यी विभेदहरु हटाउन सकिन्छ, राज्यसँग लड्न सकिन्छ कि भन्ने मनसायले उहाँ पार्टी कार्यालय नै रोज्नुभयो । उहाँको त्यो चौधरी साथीले सिधै नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का तत्कालिन नेता अनिलकुमार झालाई भेटाई दिनुभयो । सो पार्टी कार्यालयमा साँच्चै एकजना कर्मचारीको अभाव थियो ।

अनिल झाले राजेश चौधरीसँग विभिन्न कोणबाट जिज्ञासा राख्नुभयो । त्यसको एउटा सवालको जवाफमा उहाँले मधेशमाथि भएको विभेदका कारण आफूले पार्टी कार्यालयमा काम गर्न मन बनाएको बताउनुभएको थियो । यसो अलि अलि पकेट खर्च पनि निस्किने र त्यसमार्फत समालाई विभेदमुक्त बनाउने ।

 उहाँले आफू कक्षा आठ–नौ मा अध्ययनरत रहेको बेलादेखि नै राज्यले मधेशीमाथि विभेद गरेको थाह पाएको थिए र काठमाडौ आएपछि त त्यसको ज्ञान भएको कुरा अनिल झालाई सुनाउनु भएको थियो । मधेशीमाथि कति अन्याय भइरहेको छ, कति अत्याचार भइरहेको छ, कस्तो विभेद छ भन्ने कुरा काठमाडौ छिर्ने वित्तिकै थाह पाएको थिए । त्यसलाई समाप्त गर्न नेपाल सद्भावना पार्टी मात्र समाप्त गर्न सक्छ भनि कुरा राजेश चौधरीले राख्नुभएको थियो ।

नेपाल सद्भावना पार्टी कार्यालय नै किन रोज्नुभयो काम गर्नका लागि भनि अनिल झाले सोध्नुभएको थियो । त्यसमा राजेश चौधरीको जवाफ यस्तो थियो, ‘मैले चाहेको भए बैंक वा अरु क्षेत्रमा पनि काम गर्न सक्थे, बैंकको क्यासियरमा पनि जागिर पाएको थिए, तर बैंकको क्यासियर कि पार्टी कार्यालललाई भनि मलाई सोध्नुभएको थियो । मैले पार्टी कार्यालय नै रोजेको हुँ । र, मैले नेपाल सद्भावना पार्टीको नाम धेरै पहिलादेखि सुन्दै आएको थिए । मधेश मुक्तिका लागि मधेशको अधिकारका लागि नेपाल सद्भावना पार्टी संघर्ष गरिरहेको कुरा पनि सुन्दै आइरहेको थिए त्यसैले मलाई ढुगां खोजे देउता मिले जस्तो भयो भनि सुनाउनुभएको थियो ।

राजेश चौधरीको जोश र जाँगरबाट प्रभावित भएर अनिल झाले कामका लागि ओके गर्दिनुभयो । तीन महिनाको परिक्षणकालमा राखेर अनिल झाले तत्कालिन विद्यार्थी नेता बीक्की यादवको साथ लगाई दिनुभयो । बिक्की यादवले कार्यालयको काम देखाएर सबै ठाउँहरुसँग परिचय गराई दिनुभयो । के के काम गर्नुपर्छ भनि सबै सम्झाई दिनुभयो । राजेश चौधरीले तीन महिना मज्जाले काम गर्नुभयो । कम्प्युटरको कामदेखि लिएर अन्य प्रशासनिक कामहरु पनि उहाँले नै हेर्न थाल्नुभयो । तीन महिना कटेपछि बिक्की यादवले एकदमै राम्रो व्यक्ति फेला पार्नुभएको छ, काममा लगाउँदा हुन्छ भनि अनिल झासमक्ष सिफारिश गरेपछि उहाँले सो पार्टीमा काम गर्न शुरु गर्नुभएको थियो ।

एउटा कुनै पार्टी कार्यालयमा १३ वर्षदेखि लगातार काम गर्नु चानचुनै कुरा होइन । सानातिना नेताहरु पनि एउटा पार्टीमा १० वर्ष टिक्दैन । तर उहाँ एउटा कर्मचारीको रुपमा आफूलाई निरन्तर त्यो पार्टीमा खटाउनु भयो जो पार्टी आज विशाल राजपा नेपाल पार्टी बनेको छ । पार्टी कार्यालयमा काम गर्नुभनेको सेवा गर्नु जस्तै हो, उहाँले भन्नुभयो, सेवा गरेवापत पकेट खर्च पाएको मात्र हो तर त्यहाँबाट मैले धेरै ठूलो उपलब्धि लिएको हुँ त्यो हो राजनीतिक ज्ञान ।

अब मलाई राजनीतिक गर्न जति सजिलो हुन्छ त्यति सजिलो अरुलाई हुन सक्दैन ।’
राजनीतिकको यति ठूलो ज्ञान सिक्नका लागि एउटा व्यक्तिलाई कलेज नै धाउनु पथ्र्यों तर मैले त्यहाँ काम गर्दा गर्दै सिके । राजनीतिमा निष्टा, विचार, सिद्धान्त, अनुशासन सबै कुरा त्यहीबाट सिकेको हुँ, उहाँले भन्दै जानुभयो, पार्टीलाई कसरी व्यवस्थापन गर्ने, पार्टी कसरी सञ्चालन हुन्छ, त्यसको आर्थिक पक्षदेखि लिएर राजनीतिक सबै पक्षलाई मैले नजिकबाट नियालेको छु, संगठन कसरी निर्माण हुन्छ, कार्यकर्ता कसरी परिचालन हुन्छ सबै कुरालाई मैले नजिकबाट बुझेको छु, त्यसैले मलाई अब सक्रिय राजनीतिकमा काम गर्न गाह्रो हुनेछैन ।’

पार्टी विभाजन
उहाँ पार्टीमा काम गर्न शुरु गर्दा नेपाल सद्भावना पार्टी एकपटक विभाजन भइसकेको थियो । एउटा खेमालाई बद्री मण्डलले अध्यक्षता गरिरहनु भएका थियो भने अर्कोको आनन्दी देवी सिंह । उहाँले आनन्दी देवी अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीमा काम गर्न शुरु गर्नुभएको थियो । त्यसको कार्यालय त्रिपुरेश्वरमा थियो । उहाँ त्यही पार्टीमा काम गरिरहँदाको अवस्थामा फुटेका पार्टी जुट्यो तर धेरै दिन टिक्न सकेन । वीरगञ्ज महाधिवेशनबाट पुनः फुट्यो । एउटा भाग लिएर श्यामसुन्दुर गुप्ता जानु भयो भने अर्को भाग लिएर राजेन्द्र महतो जानु भयो । त्यतिबेला खुशीलाल मण्डलले आधिकारिक पार्टी हो भन्दै छुट्टै महाधिवेशन गराउनु भएको थियो भने सरिता गिरी पनि आधिकारिक पार्टी भन्दै छुट्टै महाधिवेशन गराउनुभएको थियो ।

पछि श्यामसुन्दर गुप्ता, खुशीलाल मण्डल र सरित गिरीबीच पार्टी आधिकारिताको लागि विवाद शुरु भयो । विवाद सर्वोच्च अदालतसम्म पुग्यो । राजेश चौधरी राजेन्द्र महतोको पार्टी सद्भावना पार्टीतिर लाग्नुभयो ।

पार्टी विभाजन हुँदा उहाँले सबै कुरा नजिकबाट हेर्नुभएको थियो । कसले कुन खेल खेल्नु भएको थियो उहाँलाई सबै कुरा थाह थियो । श्यामसुन्दर गुप्ताले जुन दवगंगिरी स्टाइलमा पार्टी फुटाउनुभयो, त्यो कुरा राजेश चौधरीलाई मन परेको थिएन । एउटा कुनै पार्टी सिद्धान्त र विचारका आधारमा फुट्नु अर्कै कुरा हो तर आफ्नो नीजि स्वार्थका लागि कसैको लहै लहैमा पार्टी फुटाउनु राजनीतिक बेइमानी हो, त्यो कुरा उहाँले श्यामसुन्दर गुप्तामा पाउनु भएको थियो । त्यही भएर उहाँ उतातिर नगएर राजेन्द्र महतोतिर लाग्नुभयो ।

राजेन्द्र महतो पनि पार्टी अलग गर्नुभयो तर उहाँले तर्क र विचारले अलग हुनुभयो । चाहेको भए राजेन्द्र महतो पनि नेपाल सद्भावना पार्टी र पञ्जा छापका लागि त्यही बसेर लडाई गर्न सक्नुहुन्थ्यो, सर्वोच्च  अदालतसम्म जान सक्नुहुन्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन, विवादमा पर्न चाहनु भएन, काम गर्नेतिर लाग्नुभयो । उहाँले अलग पहिचानसहित गजेन्द्रबाबुको आस्था र विचारलाई शिरोधार्य गर्दै सद्भावना पार्टी बनाउनुभयो । त्यही भएर राजेन्द्र महतो मन परेको राजेश चौधरीले सुनाउनुभयो ।

राजेन्द्र महतोको सद्भावना पार्टीमा काम गर्दाको अवस्थामा पनि सो पार्टी दुई पटक फुट्यो तर उहाँ राजेन्द्र महतोको साथ कहिल्यै छोड्नु भएन । शुरुमा अनिल झाले पार्टी विभाजन गर्नुभयो पछि रामनरेश राय यादवले पनि अलग हुनुभयो । ती दुवै नेतासँग उहाँ जानुभएन । नेपाल सद्भावना पार्टीमा अनिल झाले नै राजेश चौधरीलाई ल्याउनु भएको थियो । अनिल झा अलग भएपछि राजेश चौधरी उहाँसँगै जानुपर्ने थियो तर राजेन्द्र महतोकै साथमा बस्नुभयो । झन रामनरेश यादवको साथमा जाने कुरै थिएन ।

अनिल झाको तपाईमाथि यत्रो योगदान छ, उहाँसँग किन जानुभएन त भनि जिज्ञासा राख्दा उहाँ बडो सालिन शैलीमा भन्नुभयो, अनिल झा सर मेरो लागि आदरणीय पात्र हुनुहुन्छ, उहाँलाई मैले सदैव सम्मान गर्छु, तर म पार्टी विभाजनको पक्षमा नरहेको कारणले म उहाँको साथमा गइएन । पार्टी विभाजन हुँदा मलाई सबै कुरा थाह छ, पार्टी विभाजन हुनुहुँदैन भन्ने पक्षको व्यक्ति म हुँ । यदि पार्टीमा कसैसँग कुनै कुरा मिलिरहेको छैन भने त्यहाँ बहस गर्नुपर्छ, टेबल ठोक्नुपर्छ, तर पार्टी छाडेर हिड्नु हुँदैन भन्ने पक्ष म थिए ।’

म पार्टी कार्यालयका कार्मचारीको रुपमा भएको हुनाले धेरै राजनीतिक कुरा गर्नुहुँदैन जस्तो लाग्छ । उहाँहरु जो जो पार्टी छाडेर हिड्नुभयो मेरो लागि सबै समान हुँ, अहिले यति भन्छु कि पार्टी विभाजन हुनुहुँदैन्थ्यो, उहाँले भोली गएर राजनीतिकमा आएपछि अरु कुरा गरौला तर पार्टी विभाजनको बारेमा आजलाई यति भन्छु ।’ राजेश चौधरीले पाँच वर्षभित्र कर्मचारी पद छाडेर राजनीतिकमा सक्रिय हुने बताउनुहुन्छ । उहाँ राजपा नेपालमा नै राजनीतिक गर्नुहुन्छ । हाल उहाँ युवा संगठनमा पनि क्रियाशिल रहनुभएको छ ।’

राजपा नेपाल गठन
पार्टी विभाजनको पक्षमा नरहेका राजेश चौधरीका लागि राजपा नेपाल बन्नु झनै खुशीको कुरा । एक त ठूलो पार्टी बनेको छ र त्यसको कर्मचारीको रुपमा काम गर्दा झनै रमाईलो भएको छ उहाँका लागि । पहिला सानो दलको काम गर्दा त्यति धेरै काम हुँदैन्थ्यो अहिले जिम्मेवारी थपिएको छ । पार्टीमा ठूला ठूला अनुभवि नेताहरु आउनु भएको छ । सबैजना आआफ्नो क्षेत्रका जानकार हुनुहुन्छ उहाँहरुको निगरानीमा काम गर्नु मेरा लागि गौरवकको कुरा हो, उहाँले भन्नुभयो, अहिले राजपा नेपालमा ११–१२ जना कर्मचारी छन्, यसो हिसाब गर्दा सबभन्दा पुरानो कर्मचारी मै हुँ, सबै कर्मचारी मिलनसार छन्, आआफ्नो क्षेत्रका सबै अनुभवी छन् ।’
राजपा नेपाल गठनपछि कामको चाप बढेको छ । यतिका काम पहिला हुँदैन्थ्यो । नयाँ पार्टी भएकाले सबै कुरा अहिले व्यवस्थापनकै क्रममा छन् ।

त्यसैले कामको चाप बढेको छ । सबै कर्मचारीलाई भ्याइ नभ्याई छन् । एक त पार्टी कार्यालयमा विदाको त्यति महत्व हुँदैन, तैपनि शनिवार विदा बस्ने चलन छ तर प्रायः विदामा काम गर्नु नै परेको छ ।’ अरु अफिसमा काम गरेको जस्तो सजिलो छैन पार्टी कार्यालयमा काम गर्न । त्यहाँ काम गर्नु निकै रिश्क हुन्छ । पार्टीमा विभिन्न खालका व्यक्ति हुन्छ, कुन व्यक्ति कुन मुडमा हुन्छ, जिल्लादेखि गाउँसम्मको सबैलाई चित्त बुझाउनु पर्छ । कहिल्यै काही अनावश्यक गाली पनि खानुपर्छ भने कहिले काही धन्यवादको पात्र पनि भइन्छ ।’

आफ्नो सुनाउँदै राजेश चौधरीले भन्नुभयो, ‘कुनै राजनीतिक दल भएपछि त्यसका धेरै आन्तरिक र बाहिरी कुराहरु भइरहेका हुन्छन्, त्यसका धेरै डकुमेन्टहरु हुन्छन्, हिसाब किताबदेखि लिएर व्यक्तिका गोपनियताहरु पनि हुन्छ । त्यसका लागि नेताहरु प्रशासन हेर्ने कर्मचारीको नजिक हुन चाहेका हुन्छन् । बेला बेला कुनै कुनै डकुमेन्ट माँगिरहेका हुन्छन् ।

कतिपय अवस्थामा त कर्मचारीलाई यस्तो अप्ठ्यारोमा पारेका हुन्छन् कि मानौ पार्टी नेताहरुले होइन, कर्मचारीले मात्र चलाएका हुन्छ । सबै कुरा कर्मचारीको टाउकोमा नै थुपारेका हुन्छन्, कहिल्यै काही नेताहरुको बीचमा कुनै विवाद भएपछि त्यसको दोष कर्मचारीको टाउकोमा पनि आएको हुन्छ, कुनै सूचना अरु कहीं कसैबाट लिंक भएको हुन्छ तर शंकाको घेरामा कर्मचारीलाई पनि राखेको हुन्छ त्यसैले पार्टी कार्यालयमा काम गर्नु धेरै रिश्कका कुरा हो ।’

जागिर
उहाँ पार्टी कार्यालयमा जागिर खान्नुभन्दा पहिले पनि विद्युत प्राधिकरणमा जागिर खाईसक्नुभएको छ । महोत्तरीको जलेश्वरमा रहेको जिल्ला विद्युत कार्यालयमा करारको कर्मचारीको रुपमा काम गर्नुभएको थियो । छ–सात महिना मात्र त्यहाँ काम गरेपछि पढ्नका लागि काठमाडौ आउनु परेको हुनाले त्यहाँ उहाँले जागिर

छाड्नु भएको थियो ।

पार्टी कार्यालयको जागिरबाट घर व्यवहार चलाउन सकिदैन । त्यसका लागि उहाँले एउटा कम्पनी खोल्नु भएको छ । कम्प्युटरको पार्टस सप्लायरका लागि एम.आर.ट्रेडिङ् कन्सर्न प्रा.लि. खोल्नु भएको छ । त्यसबाट अलि अलि आम्दानी भएपछि घरपरिवार धानिएको राजेश चौधरीले बताउनुहुन्छ । काठमाडौको महगाँइमा पार्टी कार्यालयमा जागिर गरेर बाँच्न गाह्रो हुन्छ तर मेरो उद्देश्य राजनीतिक गर्ने भएका हुनाले नै दुख कष्ट सहेर पनि त्यहाँ छु तर आफ्नो विजनेश भएका कारणले समस्या छैन, उहाँले भन्नुभयो, सक्रिय राजनीतिमा लागेपछि पनि आफ्नो विजनेशलाई निरन्तरता दिनेछु ।’

परिवार
महोत्तरी जलेश्वर–२ का बुवा छवीलाल चौधरी, आमा रामप्यारी देवी चौधरीका ३३ वर्षीय छोरा राजेश चौधरी दुई दाजु भाइ हुनुहुन्छ । दाजु महेश चौधरी महोत्तरीमै किराना पसल खोल्नु भएको छ । मध्यम परिवारका उहाँका बुवाले पनि छोरा महेशलाई पसलमा सघाउनु हुन्छ । श्रीमती विभा चौधरी आयल निगममा जागिरे हुनुहुन्छ । उहाँका पाँच वर्षीय छोरी प्रशंसा चौधरी छिन् जो वर्णमाला विद्या पिठमा पढ्दैछिन् ।’ 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..