» » आन्दोलनकारी सबै सांसद भएपछि कसले उठाउँला मधेशको मुद्दा ?

सायद परिवर्तन यसैलाई भन्छन् । देशमा स्थानीय, प्रतिनिधिसभा र प्रदेशसभा गरि तीनटै तहको चुनाव सम्पन्न भएको छ । सविधान कार्यान्वयनमा आएको छ । गाउँ गाउँमा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य मेयर, उपमेयर बनेका छन् । बाँकी रहेका प्रतिनिधिसभा सदस्य र प्रदेशसभाका सदस्य बनेका छन् । यी तीनै तहमा जुन चेहराहरु आएका छन् । यी चेहराहरु आन्दोलनमा देखिएका थिए । मधेशको आन्दोलनका गल्ली मोर्चादेखि देखि काठमाडौको सिंहदरवार र बालुवाटार आन्दोलनका मोर्चामा देखिएका अधिकाँश अनुसार संसद भएका छन् कि स्थानीय तहमा अनुबन्ध भएका छन् ।

न यस्तो पहिलो सविधानसभाको चुनावमा भएको थियो न दोस्रो सविधानसभाको चुनावमा । संघीय समाजवादी फोरम नेपालका र राष्ट्रिय जनता पार्टी नेपालका सबै शीर्ष नेताहरु यसपटक चुनाव जित्नु भएका छ । अधिकाँश नेताहरु प्रतिनिधिसभामा जितेका छन् भने बाँकी रहेका प्रदेशसभा जितेका छन् । त्यसबाट पनि बाँकी रहेका अधिकाँश नेताहरु प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकबाट संसदमा आउँदैछन् । अब प्रतिनिधिसभा समानुपातिकको उम्मेदवारको टुगों लाग्न बाँकी छ ।

मधेश आन्दोलनमा सक्रिय रहनु भएका शीर्ष नेता उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी, रामसहाय यादव, प्रदीप यादव, प्रमोद साह, रामबाबु यादव, लक्ष्मण लाल कर्णलगायतका नेताहरु प्रतिनिधिसभामा जित्नु भएको छ । यसअघिको चुनावमा राजपा नेपालका महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी, फोरम नेपालका रामसहाय यादवलगायत नेताहरु चुनावमा पराजित हुनुभएको थियो । उहाँ संसदमा नभएको कारणले बाहिर चलखेल गरेर मधेश आन्दोलन यति कडा रुपमा भएको जानकारहरु बताउँछन् ।

तर यसपटक आन्दोलन गर्ने सबै नेताहरु संसदमा जानु भएको छ । संसदमा बाहेक यिनीहरु बाहिर गतिविधिमा त्यति ध्यान जाने भएकाले उहाँहरुको भूमिका सडकभन्दा बढी संसदमा देखिने भएको छ । सोचनीय विषय के भएको छ भने शीर्ष नेताबाहेकका नेताहरु जो आन्दोलनमा मुख्य भूमिका हुन्थ्यो । आन्दोलनलाई व्यवस्थित गर्नुको साथै आन्दोलनलाई चर्काउने काम गर्ने नेताहरु कोही प्रदेशसभामा आउनु भएको छ भने कोही स्थानीय तहमा जित्नु भएको छ ।

प्रदेशसभामा फोरमका जयराम यादव, राजपा नेपालका नवलकिशोर साह, मनिष सुमन, बिक्की यादव, फोरमका शैलेन्द्र प्रसाद साह, विजय यादव, राजपा नेपालका सुरेश मण्डल, प्रमेश्वर साह, फोरमका रामअषिश यादव, राजपाका सुरिता साह, रानी शर्मा तिवारी, फोरम नेपालका कौशल कुमार यादव, उपेन्द्र यादव, अशोक यादव, संजय यादव, राजपा नेपालका बाबुलाल साह, फोरम नेपालका योगेन्द्रराय यादव, राजपा नेपालका रामकिशोर यादव, सरोज यादव, फोरम नेपालका बच्चा राउत अहिर, शारदा शंकर कलवार, राजपाका जितेन्द्र सोनल, फोरमका लालबाबु राउत, राजपाका अब्दुर रहिम अन्सारी, रमेश कुर्मी, प्रल्हाद गिरी जित्नु भएको छ ।

यिनीहरु मधेश आन्दोलनको अग्र मोर्चामा रहने नेताहरु हुनुहुन्छ ।

योजना बनाउनुदेखि लिएर आन्दोलनलाई कसरी चर्काउने, जनता कसरी ओराल्ने सबै योजना बनाउने उहाँहरु नै हुनुहुन्छ । अब यिनीहरु प्रदेशसभाका सांसद भएपछि पहिलाको जस्तो मधेश आन्दोलनमा ध्यान दिन नसक्ने अवस्था सृजना भएको छ ।

प्रदेशसभा रहेर नीति निर्माण गर्नेदेखि लिएर राज्यका अन्य कामहरुमा उहाँहरु व्यस्त हुनेछ । मधेशको मुद्दा यदि उठाउनु नै पर्यो भने संसदमा उहाँहरुको विशेष भूमिका रहनेछ । प्रदेशसभा तथा प्रतिनिधिसभामा सबैजना जितेर आएपनि मधेशको माग पूरा भएको छैन । उहाँहरुले सविधान संशोधनलगायत मधेशका माग पुरा गराउने प्रतिवद्धता व्यक्त गरेर चुनाव जित्नु भएको छ । मधेश राजनीतिकका जानकार चन्द्रकिशोर भन्नुहुन्छ, मधेशका सबै शीर्ष नेता चुनाव जितेर संसदमा गएका छन्, पक्कै पनि त्यहाँबाट माग पूरा गराउने प्रयास गर्नेछ तर मधेशवादी दलले जुन अंक गणित प्राप्त गरेको छ त्यसले संसदबाट माग पूरा गराउन गाह्रो हुनेछ ।’

तर, ठूला दलले पनि मधेशको माग पुरा गराउन पहल गर्नुपर्छ, ती दलहरुसँग अब विकल्प छैन किनभने त्यस दलका नेताहरुले पनि जनतासँग विभिन्न वाचा गरेर चुनाव जितेका छन्, उहाँले भन्नुभयो, मधेशी जनता अझै पनि आन्दोलनका लागि मुर्मुराई रहनु भएको छ, उनीहरुको माग पूरा भएन भने जुन बेला पनि भड्किन सक्छ ।’

मधेशको मुद्दा र एजेण्डा काठमाडौमा केन्द्रीत भएको भान जनताले गर्न थालेका छन्, आन्दोलनमा रहेका, आन्दोलनमा सक्रिय भएका नेताहरु सबै चुनाव जितेका छन्, फिल्ड नै खाली भएको हो जस्तो लाग्न थाल्यो, सिरहाका प्रध्यापक सुरेन्द्रकुमार यादव भन्नुहुन्छ, एक किसिमले मधेशको मुद्दा समाप्त भएको छ, मुद्दा एजेण्डा सबै काठमाडौ गइसक्यो जस्तो लाग्छ, चुनाव जितेर गएका नेताहरुले संसदमा कुरा उठाउँला भनि विश्वास गर्न सकिदैन, मधेशमै अर्को ढंगको आन्दोलन उठ्नसक्छ ।’

तर, यो कुरा मान्न तयार हुनुहुन्न राजकिशोर यादव । सिरहा ४ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जित्नु भएका उहाँले विगतमा पनि नेताहरु संसदमा भएपनि आन्दोलन भएकै हो, संसदबाट मधेशको माग पूरा नभए त्यसका लागि सडक आन्दोलन नै अन्तिम विकल्प हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, चुनावबाट हामीले सविधान संशोधन गराउने, मधेशको माग पुरा गराउने, भनि प्रतिवद्धता गरेर आएका छौं तर यी ठूला दलहरुले अझै पनि मधेशको मागप्रति इमान्दार भएर सविधान संशोधन गराएन भने मधेशमा अर्कै ढंगका आन्दोलन हुनसक्छ ।’

राजपा नेपालका संयोजक महन्थ ठाकुरले पनि संसद आफूहरुको पहिलो प्राथमिकता होइन, त्यहाँबाट पनि केही प्राप्त गर्न सकिन्छ कि भनेर आएको मात्र हो, सघर्षको मैदान मधेशको भूमि नै रहेको प्रतिकृया दिनुभयो । उहाँले भन्नुभयो, हामी चाहन्छौ कि यी ठूला दलहरुले सविधान संशोधन गरोस्, अब पनि गरेन भने मधेशी जनता बर्दास्त गर्न सक्दैन ।’ तर के यी नेताहरुले भने जस्तै तीन दलले सविधान संशोधन गर्न तयार होला ।

सविधान संशोधनलाई मुख्य मुद्दा बनाएका मधेशवादी दलले भनेको जस्तै काँग्रेस, एमाले र माओवादी केन्द्रले गर्ला त । वाम गठबन्धनको नेतृत्वमा सरकार निर्माण भयो भने मधेशवादी दलले बार्गेनिङ्ग गर्न सक्दैन ।
वामगठबन्धनले सरकार निर्माण गर्दा मधेशवादी दलको आवश्यकता महसुस गर्दैनन् अर्थात सरकार निर्माण गर्नका लागि मधेशवादी दलको आवश्यकता नपर्दा पक्कै पनि उनीहरुको मागप्रति त्यति गम्भीर हुँदैन ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..