» » अनिल झाले भन्नुभयो, फोरमसँग एलायन्स चल्न सक्यो भने राम्रो

काठमाडौं, पुस गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो हुने बताउनु भएको छ । 

राजधानीमा आयोजित एका कार्यक्रममा बोल्नु हुँदै उहाँले भन्नुभयो, “मैले पहिलेपनि भनेको छु, आजपनि भन्छु संघीयता, समावेशी–समानुपातिकको पक्षमा काम गरेको लिडर भनेको प्रचण्ड हो, त्यसैले उहाँ प्रधानमन्त्री बन्दा राम्रो हुन्छ ।”

प्रचण्ड र ओलीमध्ये प्रचण्ड नै उदार नेता भएको बताउँदै उहाँले प्रचण्ड समावेशी, समानुपातिकमा काम गरेको नेता रहनु भएको बताउनुभयो । खस, बाहुन र क्षेत्री नेताहरुमध्ये संघीयता र समावेशीताको पक्षमा काम गरेको नेता प्रचण्ड भएको उहाँको भनाई थियो ।

त्यस्तै उहाँले वर्तमान सरकारलाई सबै अधिकार भएकोले ढिलो नगरीकन प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयोे, “हामीले त सर्वदलीय बैठकमा पनि भनिदिऔं कि तपाईको सरकार छ, तपाईले नै गर्नुहोस् भनेर म्याण्डेट दिऔं, प्रदेश प्रमुखको नियुक्ति, मिति तोक्ने विषयमा छलफल भएको थियो । हामीले त बडा प्रष्ट रुपमा भनिदिएका थियौं कि यस्तो विवादित विषयमा सबैलाई मिसाउने काम गर्नुभएन नि ।”

उहाँले केन्द्रीय सरकारमा आफूहरु जाने गणित नभएको पनि जिकिर गर्दै समर्थन दिने अवस्था बन्न सक्नेतर्फ संकेत गर्नुभयो । उहाँले भन्नुभयो, “राजपा नेपाललाई सरकारमा जाने जनादेश छैन् ।

अहिलेको हाम्रो मत भनेको फोरमसँग मिलेर २ नम्बर प्रदेशमा सरकार बनाउने र संविधान संशोधनको लागि र मधेश आन्दोलनका एजेण्डाहरुलाई पूरा गराउन संघर्ष गर्ने हो, जनताले यीनै दुईवटा काम गर्नको लागि हामीलाई जनादेश दिएका हुन् ।”

प्रदेश नम्बर २ को राजधानी जनकपुर कि वीरगञ्ज बनाउने तपाईहरुको के छ विचार भनेर पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, “राजपा र फोरमको बहुमत हुन्छ । पहिले सरकारले तोक्छ । राजपा विना पनि सरकार बन्छ । यो काम सरकारको हो । दुई तिहाई पुग्ने अवस्था भयो भने हामी तोक्छौं । अहिले त न म सरकार नै हो, न म प्रदेश सभाको सदस्य हुँ ।”

उहाँले २ नम्बर प्रदेशमा पनि सरकार कसको बन्छ भन्ने प्रश्नमा भन्नुभयो, “हामी प्रयास गरिरहेका छौं । फोरमसँग एलायन्स चल्न सक्यो भने राम्रो हो । राजपाले हेराफेरी गर्दैन् । राष्ट्रिय तथा प्रदेशको राजधानीमा के कम्पोजिशन बन्छ । त्यही हुन्छ ।”

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..