» » उपेन्द्र यादवले प्रधानमन्त्री देउवालाई भन्नुभयो, शितलहर प्रभावित क्षेत्रमा तत्काल राहत पठाउनुस्


काठमाडौं पुस २४ गते । प्रधानमन्त्री शेरबहादुर देउवालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले भेट्नु भएको हो । शीतलहर प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउने लगायत समसामयिक राजनीतिक विषयमा उहाँहरुको बीचमा कुराकानी भएको होे ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज साँझ भएको द्धयपक्षीय वार्तामा फोरम नेपालका अध्यक्ष यादवले शीतलहर प्रभावित मधेशका जिल्लाहरुमा तत्काल राहत वितरण र उद्दार कार्यलाई प्रभावकारी बनाउन अनुरोध गर्नुभएको छ ।

सप्तरीको क्षेत्र २ बाट निर्वाचित सांसद समेत रहनु भएका अध्यक्ष यादवले प्रधानमन्त्रीसँगको वार्तामा शीतलहर प्रभावित क्षेत्रका जनतालाई न्यानो लत्ताकपडा, आगो बाल्ने दाउरा, औषधि उपचार लगायत राहतका सामाग्रीहरु तत्काल पुर्याउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको जानकारी दिनुभयो ।

जवाफमा प्रधानमन्त्री देउवाले शीतलहर प्रभावित क्षेत्रमा राहत वितरण र उद्धार कार्यमा जुट्न तत्काल सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिबद्धता जाहेर गर्नुभयो ।
राजविराजमा हुलाकी राजमार्गको डाइभर्सन
तराई मधेशको बहुप्रतिक्षित र महत्वाकांक्षी परियोजना हुलाकी सडकले सप्तरीको सदरमुकाम राजविराजको बीचबाट निकिस्ने भएकोले त्यसलाई शहरको छेउबाट निर्माण गर्न फोरम नेपालका अध्यक्ष यादवले प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । 

राजविराजको बीचबाट सडक बने शहरको संरचना बिग्रिने भएकोले शहरलाई बचाउन राजविराजको छेउबाट बाइपास सडक निर्माण गर्न यादवले आग्रह गर्नुभयो । उता प्रधानमन्त्री देउवाले राजविराज शहरलाई जोगाउने गरी आगामी मन्त्रिपरिषद्को बैठकबाट हुलाकी सडकबारे निर्णय गरिने आश्वासन दिनुभयो ।
गतिरोध अन्त्य गरी नयाँ सरकार गठनको बाटो खोल्न यादवको सुझाव
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ सरकार र प्रदेशसभा गठन लगायतका विषयमा अहिले देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिनुभएको छ । मुलुकलाई यथाशीर्घ निकास दिनेगरी पहल थाल्न देउवालाई सुझाव दिनु भएको अध्यक्ष यादवले जानकारी गराउनुभयो ।
राजनीतिक गतिरोधले गर्दा नयाँ सरकार गठन, प्रदेश प्रमुखको नियुक्ति, प्रदेश सभाको गठन र समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको चयन लगायतमा ढिलाई भएकोले मुलुकलाई चाडै निकास दिन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको यादवले जानकारी दिनुभयो । 
भेटवार्तामा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र महेश आचार्य सहभागी हुनुहुन्थ्यो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..