काठमाडौ पुस २० गते । पत्रकारले कलम मात्र चलाउन जान्दैन, बेला बेलामा समाजमा उदाहरणीय काम पनि गर्न जानेका छन् ।
त्यसको पछिल्लो उदाहरण जनकपुरका पत्रकारलाई लिन सकिन्छ । शीतलहरले मधेश कठ्याग्रिएको बेला पत्रकार शैलेन्द्र महताे (क्रान्ति) र सन्तोष सिंह न्यानो लुगा वितरण गरेर न्यानो सेवा शुरु गर्नुभएको छ ।
गरिब तथा झुप्रोमा बस्नेलाई उहाँहरुले न्यानो लुगा वितरण गर्नु नै भएको छ तर कसैको ध्यान नगएको सडकमा सुत्नेहरुलाई उहाँहरु खोजी खोजी न्यानो लुगा वितरण गरिरहनु भएको छ ।
उहाँहरुले फेसबुकमार्फत सडकमा सुत्ने र न्यानो लुगाको अभाव छ भने त्यसलाई सहयोग गर्ने भनि आह्वान गर्नुभएको छ । हिजो राती ११ बजेसम्ममा आठ जनालाई वितरण गर्नुभएको पत्रकार साहले जानकारी गराउनुभयो ।
यो न्यानो लुगा धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग गरेको छ ।
शैलेन्द्र महताे (क्रान्ति) उज्यालो नेटवर्कमा काम गनुृहुन्छ भने सन्तोष सिंह कान्तिपुरमा कार्यरत हुनुहुन्छ ।

No comments: