» » छानविन प्रतिवेदन सार्वजनिक गर्न दवावका लागि माइतीघर जाऔं


काठमाडौ पुस २२ गते । तराई मधेशमा भएको आन्दोलनका बारेमा तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नका लागि सरकारलाई दवाव दिने भएको छ ।
मधेश सम्वद्ध संघ संस्थाले आज २ बजे माइतीघर मण्डलामा सरकारलाई दवावका लागि प्रदर्शन गर्ने भएको छ ।
तराई, मधेश र थरूहट क्षेत्रमा भएको आन्दोलनको क्रममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड लगायतका घटनाको सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीश गिरीश चन्द्र लालको अध्यक्षतामा गठित उच्चस्तरीय जाँचबुझ आयोगले मंसिर २९ गते प्रतिवेदन बुझाएको थियो ।

आयोगका अध्यक्ष पूर्वन्यायाधीश लालको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सो प्रतिवेदन बुझाइएको हो ।

२०७३ असोज २ गते गठित पाँच सदस्यीय आयोगले एक वर्षपछि आन्दोलनको क्रममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड लगायतका घटनाको प्रतिवेदन सरकारलाई बुझाएको हो ।
प्रतिवेदन बुझाएको झण्डै एक महिना हुन लागेको छ तर सरकारले त्यसलाई सार्वजनिक गरेको छैन । सो प्रतिवेदन सार्वजनिक गरि दोषीमाथि कारवाही गरी पिडितलाई क्षतिपूर्ति दिन समेत माग गरेको छ ।
कार्यक्रमको आयोजना तराई मधेश राष्ट्रिय परिषद्ले गरेको छ । माइतीघरमा दुई वजे कार्यक्र हुने जनाइएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..