» » सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु

राजविराज, पुस ३० गते । पछिल्ला केही दिनयता चलेको शीतलहर र अत्यधिक चिसोका कारण सप्तरीको कञ्चनरुप नगरपालिका–३ मा आज थप एक महिलाको मृत्यु भएको छ ।

स्थानीय ६२ वर्षीया कलियादेवी सदाको अत्यधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

उनको आफ्नै घरमा सुतिरहेको अवस्थामा कठयाङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

योसँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ भने प्रहरीले भने १६ जनाको मात्र पुष्टि गरेको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..