दवावका लागि युएनलाई ज्ञापनपत्र बुझाउँदै
काठमाडौ पुस २३ गते । तराई मधेश राष्ट्रिय परिषद्ले सिहदवारलाई चयनले बस्न नदिने चेतावनी दिएको छ ।
मधेस आन्दोलनको क्रममा भएको हत्या हिंसा र नरसंहार राज्यको सुनियोजित योजना अनुरुप नै भएको ठहर गर्दै मधेश आन्दोलनबारे अध्ययन गर्न गठन भएको उच्चस्तरीय छानविन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक नगरे आफूहरु पनि शान्तिपूर्वक नबस्ने र सिहदरवारलाई पनि चयनले बस्न नदिने चेतावनी दिएको छ ।
आन्दोलनको क्रममा नेपालका सुरक्षा बलले मधेसी(थारूहरु प्रति गरेको ज्यादती युद्धमा दुश्मनहरु प्रति गरिने व्यवहार जस्तै रहेको परिषद्ले ठहर गरेको छ ।
सरकारले आफुले जनाजानी गरेको अपराधको कच्चा चिट्ठालाई सहजतापुर्वक सार्वजनिक नगर्ने परिषद्को ठहर छ ।
परिषद्ले हिजो प्रतिवेदन सार्वजनिक गर्न दवावका लागि माइतीघर मण्डलामा दवाव कार्यक्रमको आयोजना गरेको थियो । प्रतिवेदन सार्वजनिक नभए सम्म र मधेस आन्दोलनमा भएको नरसंहारको दोषी उपर कारवाही नभएसम्म आन्दोलन जारी राख्ने घोषणा परिषद्ले गरेको छ ।
परिषद्ले भोली प्रतिवेदन सार्वजनिक गराउन दवाव दिनका लागि यूएनलाई ज्ञापनपत्र बुझाउँदै छन् ।

No comments: