» » विनोद सिंहको छटपटी कसले बुझ्देला यो गडबडी ?

राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा जानु भयो भने एउटा दृष्य नेपाल देख्न पाउनु हुन्छ । विनोद सिंह जो नेपाल मधेशी कर्मचारी मञ्चका पूर्व अध्यक्ष हुनुहुन्छ । उहाँ आफ्नै कार्यालयमा आफै विरानो जस्तो हुनुभएको छ । सांसद बन्ने लोभले आफ्नो खातापिता जागिर छाड्नु भएका सिंहले समानुपातिकमा नपरेपछि राजपा नेपालको कार्यालयमा तोडफोड गर्न लगाउनुभयो । जुन कार्यालय राजपा नेपाललाई उसैले भाडामा दिनुभएको हो ।

राजपा नेपाल बसेको कार्यालय मधेशी कर्मचारी मञ्चको भवन हो । त्यही भवन राजपा नेपाललाई दिएको छ । तराई मधेश लोकतान्त्रिक पार्टीको भातृ संगठनको रुपमा काम गर मञ्चका विनोद सिंह छोटो समयमा महन्थ ठाकुरको मन जित्न सफल हुनुभएको थियो । महन्थ ठाकुरको मन मात्र होइन उहाँले तमलोपाका अधिकाँश नेताको मन जित्न सफल हुनुभएको थियो । त्यसको कारणले आर्थिक सहयोग उहाँले पार्टीलाई मात्र होइन, नेतालाई पनि बेलाबेलामा आर्थिक सहयोग गर्नुहुन्थ्यो त्यसले गर्दा पार्टीमा उहाँको चुरीफुरी अलि बढी नै भएको थियो । तमलोपामा चुरीफुरी देखाउनु भएका सिंह राजपा नेपालमा त्यस्तै शुरु गर्नुभएको थियो । राजपा नेपालका एक नेता भन्नुहुन्छ, मानौ विनोद सिंहले राजपा नेपाल खरिद नै गर्नुभएको छ, त्यस्तै व्यवहार गर्नुहुन्थ्यो ।’

उहाँले राजपा नेपालसँग प्रतिनिधिसभाका लागि टिकट मागेको थियो । त्यसका लागि उहाँले बाँकी रहेको १० वर्षको अवधिको जागिरबाट राजिनामा दिएर चुनावको तयारीमा लाग्नुभयो । तर उहाँलाई टिकट दिएन । बरु उहाँको नाम प्रदेशसभाको समानुपातिकमा राख्यो । त्यसमा पनि उहाँले चित्त बुझाउनु भयो । किनभने महन्थ ठाकुरदेखि लिएर अन्य केही नेताहरुले उहाँलाई आश्वासन दिनुभएको थियो कि तपाईलाई जसरी पनि हुन्छ । नेताको भरोसामा ढुक्क भएर बस्नु भएका विनोद सिंहको नाम जब समानुपातिकको १० जनामा परेन अनि उहाँको टाउको रन्कियो ।

पार्टीलाई यत्रो सहयोग गरे । काठमाडौमा कार्यालयलाई राख्नका लागि कसैले सहयोग नगरिरहेको बेला आफ्नो भवनमा शरण दिए । टिकट दिन्छ कि भनेर जागिरबाट राजिनामा दिए आज यी नेताहरुले बर्बाद गरे भन्दै उहाँले आफ्ना मञ्चका कार्यकर्तालाई इशारा गरेर राजपा पार्टी कार्यालयमा तोडफोड गर्न लगाउनुभयो । तर उहाँ भन्नुहुन्छ, मैले तोडफोड गराएको छैन । म त्यतिबेला त्यहाँ थिएन । म कसैलाई भनेको पनि छैन ।’ तर उहाँले यसरी भन्दा पनि पत्याउने अवस्था छैन । विनोद सिंहको नाम समानुपातिकमा नपरेपछि मञ्चका पदाधिकारी तथा नेताले तोडफोड गरेको प्रतिवेदन तयार भएको छ । यहाँसम्म कि मञ्चले एउटा विज्ञप्ति जारी गरी विनोद सिंहलाई समानुपातिकमा नराखेको भन्दै आपत्ति जनाएको छ । आर्थिक लेनदेन गरि विनोद सिंहको नाम हटाएर मञ्चले आरोप लगाएको छ ।

तर अहिले विनोद सिंह अध्यक्ष मण्डलको घरघर पुगेर समानुपातिकमा राख्न वा राष्ट्रसभामा राख्न गुहार गरिरहनु भएको छ । तर नेताहरुले अब सम्भव नै छैन भनि सिंहलाई फर्काइरहनु भएको छ । पार्टी कार्यालयमा पनि उहाँ अध्यक्ष मण्डलको कोठा कोठामा गएर कन्भिन्स नगर्ने प्रयास गरिरहनु भएको छ । राष्ट्रिय सभामा राख्नका लागि दवाव दिइरहनु भएको छ । उहाँले आफै मात्र होइन, अरु अरु व्यक्तिबाट पनि दवाव दिलाइ राख्नुभएको छ । यदि विनोद सिंहले कार्यालयमा तोडफोड नगराएको भए उहाँ समानुपातिक वा राष्ट्रिय सभामा पर्ने निश्चित थियो । यदि समानुपातिकमा परेन भने उहाँलाई राष्ट्रियसभामा राख्नुपर्ने मनस्थिति अध्यक्ष मण्डलका सदस्यहरुले बनाइ सक्नुभएको थियो । बालुवाटारको नेपाल हाउसमा यही विषयमा नेताहरु छलफल गरिरहेको बेला पार्टी कार्यालयमा तोडफोड भयो । जसमा विनोद सिंहको नाम मुछियो । त्यसले पनि अध्यक्ष मण्डलका नेताहरुले कुनै पनि हालतमा विनोद सिंहलाई समानुपातिक वा राष्ट्रियसभामा नल्याउने प्रतिवद्ध हुनुभएको छ ।

सहारा टाइम्स पत्रिकाबाट

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..