» » माटोको मुर्ती बनाउने हरेराम यसरी बन्दैछन् आर्टिंस्ट

भैसी चराउन गएका बेला खेतका गिलो माटोले मुर्ती बनाउनु हुन्थ्यो । सरस्वती पूजा होस् वा अन्य यस्तै कुनै पूजा होस् त्यसका लागि उहाँले आफै मुर्ती बनाउनु हुनुहुन्थ्यो । यहाँसम्म सिरानीको कभर होस् वा झ्यालको पर्दा या तान्ना (जाजिम) किन नहोस् गाउँका केटीहरु त्यसमा बुट्टा बनाई दिनका उहाँकै पछि नै लाग्थ्यो । यी सब हुन्थ्यो उहाँ पाँच–छ कक्षा पढ्दै गरेको अवस्थामा ।

हो, उहाँ हुनुहुन्छ हरेराम यादव । अहिले उहाँ २४ वर्षको हुनुहुन्छ । उहाँले चित्रकालामा मास्टर्स गर्दै हुनुहुन्छ । चित्रकाला उहाँमा आएको जन्मजात गुण हो । उहाँ सानै हुँदा माटोको मुर्ती बनाउने, कागज तथा भित्तामा चित्र बनाउने कार्य गर्नुहुन्थ्यो । उहाँ चित्र र मुर्ती बनाउने मात्र होइन, सानैदेखि नृत्य, गायन तथा अभिनयमा पनि उतैकै चर्चित हुनुहुन्थ्यो । यसका लागि उहाँ कुनै गुरु कहाँ जानु भएन । स्कूल तथा गाउँघरका हुने कुनै कार्यक्रममा उहाँको गीत, नृत्य र अभिनय अनिवार्य जस्तै हुन्थ्यो । कालाकारिताको क्षेत्रमा बहुप्रतिभाको परिभाषा कसैका लागि उपयुक्त हुन्छ भने त्यो हरेराम यादव ।

उहाँको यो कालाकारिता देखेर गाउँका मान्छे पनि छक्क पर्थे । यति सानै उमेरमा यो कसरी सम्भव हुन्छ भनि उहाँको प्रतिभाको प्रशंसा हुन्थ्यो । यद्यपी उहाँको त्यो प्रतिभा गाउँमा मात्र समिति हुन्थ्यो । र, गाउँघरमा यस्ता प्रतिभावान व्यक्तिहरु थुप्रै छन्, जसले प्लेटफर्म नपाएर

त्यतिकै खेर गएको छ । उनीहरुको प्रतिभा गाउँमै, आफ्नै घरमै, आफ्नै टोलमै, आफ्नै स्कूलसम्म समिति हुन्छ । तर, हरेराम यादवका लागि त्यस्तो भएन । उहाँले आफ्नो बाटो खोज्न तिर लाग्नुभयो ।

काठमाडौ जाने कुरा
काठमाडौ बस्ने उहाँका काकाका छोरा मन्जित यादव जो मेनपावर सञ्चालक पनि हुनुहुन्छ । उहाँ गाउँ गएको बेला जहिले पनि हरेरामलाई तिमी गाउँ होइन, काठमाडौमा बस्नुपर्छ । तिम्रो प्रतिभाको कदर यहाँ होइन त्यहाँ हुन्छ । यसलाई अझै निखार्न र दुनियाँलाई देखाउन काठमाडौ भन्दा अर्को कुनै ठाउँ उपयुक्त छैन । उहाँले आफ्नो भतिज हरेरामलाई भन्नुभएको थियो, मैले काठमाडौंमा धेरै मान्छेलाई चिनेको छु, तिमी त्यहाँ हिड, म चिनजान गराई दिन्छु, यही चित्रकालाकै क्षेत्रमा केही गर्नुपर्छ । त्यहाँ कलेज, क्याम्पसहरु पनि राम्रा राम्रा छन् ।’

दाइको योगदान
त्यतिबेलासम्म हरेराम एसएलसी पनि दिनुएको थिएन । २०६५ सालमा पहिलो श्रेणीमा एसएलसी पास गरेपछि दाइ मन्जितको कुरा सम्झनुभयो । उहाँलाई पनि चित्रकालामै केही गर्नुछ भन्नेर लाग्यो । यसमा उहाँका घरपरिवारले सहयोग गर्ने प्रतिवद्ध भयो । तर, एसएलसी पास भएपछि कहाँ जाने, कुन कलेजमा आइडमिशन गराउने उहाँलाई कुनै आइडिया थिएन ।

 अर्थात लक्ष्यमा पुग्न उहाँको बाटोको खोजीमा हुनुहुन्थ्यो । उहाँका आफ्नै श्यामसुन्दर यादवले भाइ तिमी चित्रकाला नै पढ भनिसक्नु भएको थियो । किनभने दाइ श्यामसुन्दर यादव पनि चित्रकालामा चासो राख्नु हुन्थ्यो । उहाँले पनि गाउँमा माटोको मुर्ति बनाउनुदेखि लिएर चित्रकालाहरु बनाउनु हुन्थ्यो । उहाँले आफै यस क्षेत्रमा केही गर्न नसकेपनि आफ्नो भाइलाई यस क्षेत्रमा अगाडि बढाउने सोच बनाउनु भयो र हरेरामलाई काठमाडौ पठाउन तयार हुनुभयो । 

चित्रकाला पढ्ने त हो तर कहाँ जाने कसरी पढ्ने के पढ्ने । यो आइए, बीएको कोर्ष होइन कि जहाँ जुन क्याम्पसमा नाम लेखाएर पढ्न सकिन्थ्यो । यसको समिति ठाउँ, सिमित कलेज हुँदो रहेछ । जहाँ पाएँ त्यही जान पनि सकिदैन । तत्कालै कुनै बाटो नपाएपछि हरेरामले आफ्नो दाइको पैसा चोरेर सिरहा, लहानको एउटा कलेजमा कमर्शमा नाम लेखाउनुभयो । चित्रकाला पढ्ने बाटो पाउनु बेलासम्म त्यतिकै बस्नुभन्दा केही पढौं भनेर उहाँ कमर्शमा नाम लेखाउनुभयो । यति चित्रकाला पढ्न सकिएन भने कमसे कम कमर्श पढ्न सकिन्छ भनेर उहाँले घरमा कसैलाई नभनि लहानमा अध्ययन शुरु गर्नुभएको थियो ।

यो कुरा थाह पाएर उहाँका दाइ श्यामसुन्दर रिसाउनु भएको थियो । तिमीलाई चित्रकाला पढ्न भनेको थिए यो के पढ्न लागेको भन्दै उहाँले हरेरामलाई गाली पनि गर्नुभएको थियो । हरेरामलाई चित्रकाला नपढ्ने भन्ने कुरा थिएन । उहाँ चित्रकाला पढ्नका लागि तयार हुनुहुन्थ्यो तर पढ्ने ठाउँ नपाएर समयको सदुपयोग मात्र गर्नुभएको थियो त्यतिबेला ।

यसरी छिर्नुभयो क्याम्पस
छ महिनासम्म मात्र कमर्श पढ्नु भएका हरेरामलाई काठमाडौ आउन खबर आयो । चित्रकालाका लागि नाम दर्ताको फर्म खुलेको छ भनि काकाका छोरा मन्जित यादवले खबर गर्नुभएको थियो । उहाँ काठमाडौ आउनु भयो । तर काठमाडौ आउँदासम्म ललितकाला क्याम्पसमा फर्म भर्ने समय सकिएको थियो ।

तर, उहाँ क्याम्पस जान छाड्नु भएन । नियमित जस्तै जान थाल्नुभयो । कतैबाट आइडिमशन भइहाल्छ कि भनि उहाँ क्याम्पस जान कहिलै छाड्नुभयो । त्यतिबेला हरेराम मन्जितसँगै बस्नु हुन्थ्यो ।

एकदिन क्याम्पसका एकजना महिला प्रध्यापकले भन्नुभयो, भाइ तिम्रो नाम यहाँ छैन, तर तिमि सधै किन यहाँ आउँछौ ?’ म्याम मलाई यो क्याम्पसमा पढ्ने इच्छा छ, नाम लेखाउनका लागि गाउँबाट आएको थिए तर आउँदा आउँदै समय ने सकिएको थियो, तैपनि केही उपाय लाग्छ कि म यहाँ आइरहन्छु, हरेरामले जवाफ दिनुभयो । त्यतिबेला हरेराम १६ वर्षको मात्र हुनुहुन्थ्यो । १६ वर्षको ठिटो त्यो पनि गाउँ देहातका । चित्रकाला पढ्ने जुनुन देख्दा क्याम्पसलाई पनि उहाँको बारेमा सोच्न बाध्य बनाएको थियो ।

त्यसपछि त्यो म्यामले धेरै ढिलो भयो अब नाम दर्ता भएपनि तिमी पढाईमा सक्छौ त भनि सोधेपछि हरेरामले आफू सक्ने जवाफ दिनुभएको थियो । उहाँको नाम दर्ता भयो । उहाँ त्यहाँ पढ्न थाल्नुभयो । हरेरामले भनेको जस्तै राम्रो गरेर देखाई दिनुभयो । प्लस टु, ब्याचलर सकाएर अहिले त्यहाँ मास्टर इन फाइन आर्टिस्टमा अध्ययन गर्दै हुनुहुन्छ । दुई वर्षको कोर्ष हो, त्यसमा उहाँ फस्र्ट समेस्टरमा अध्ययनरत हुनुहुन्छ । 
आर्ट ग्यालेरी छिर्दा

उहाँ ललितकला क्याम्पसमा प्लस टु पढ्दा उहाँका काका छोरा मन्जितले कलाकार श्यामसुन्दर यादवसँग सम्पर्क गराई दिनुभयो । ठमेलस्थित गणेशमान सिंहको घरमा श्यामसुन्दर यादवको आफ्नै ग्यालेरी रहेको छ । मिथिलाएं आर्ट ग्यालेरीको नामबाट परिचित सो ठाउँमा पनि हरेराम आउ जाउ गर्न थाल्नुभयो । आफ्नो दाइको नाम पनि श्यामसुन्दर यादव र ग्यालेरीबालाको नाम पनि श्यामसुन्दर यादव भएका हुनाले हरेराम यादवलाई त्यहाँ झन आत्मीय लाग्यो । विहान क्याम्पस र दिनभरि त्यहाँ ग्यालेरी बिताउन लाग्नुभएको हरेराम यादवमा त्यसपछि झन निखार आउन थाल्यो ।

आर्टिस्ट श्यामसुन्दर यादवको सहयोगलाई हरेराम अहिले पनि सलाम गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, मान्छेको जीवनमा कुन व्यक्ति के बनेर आउँछन् थाह हुँदैन, श्यामसुन्दर सरसँग कुनै चिनजात थिएन तर दाजु मन्जितले चिनजान गराई दिनुभयो । त्यहाँ गएर मैले धेरै कुरा सिके । त्यहाँ काम गर्नका लागि मलाई कुनै कुरामा रोक थिएन । उहाँले सिकाउनु पनि हुन्थ्यो । प्रदर्शनीमा पनि भाग लिन्थे । त्यहाँ बस्दा धेरैसँग सम्पर्क पनि भयो । अहिले त्यही सम्पर्कले काम गरिरहेको छ ।’

श्यामसुन्दरको ग्यालेरीमा काम गर्न थाल्दा हरेराम मन्जितसँगको बसाई छाडेर उहाँसँगै बस्नु थाल्नुभयो । तीन महिना मन्जितसँग र छ महिना आर्टिस्ट श्यामसुन्दरसँग बस्नु भएका हरेराम आफ्नो छुट्टै कोठा भाडा लिएर बस्न थाल्नुभयो । आर्टिस्ट श्यामसुन्दरको ग्यालेरीमा हरेराम दुई वर्षसम्म बस्नुभयो ।

आर्टमा जागिर

मिथिलाएं आर्ट ग्यालेरीमा हुँदाकै अवस्थामा हरेराम एउटा आर्टका पसलमा काम पनि गर्नुभयो । तर, त्यहाँ धेरै दिन टिक्न सक्नुभएन । त्यसबेला उहाँ प्लस टुमा अध्ययनरत हुनुहुन्थ्यो । महिनाको तीन हजार रुपियाँ मात्र दिन्थ्यो । दिनभरि समय दिनुपथ्र्यो त्यसले उहाँको पढाईमा असर गर्न थालेपछि तीन महिनापछि उहाँले त्यहाँ काम छाड्नुभयो । उहाँलाई जागिरको अवसर नआएको होइन, तर पढाईलाई प्रथामिकतामा राखेको कारणले त्यतातिर कहिल्यै ध्यान दिनुभएन । जागिर गर्न थाल्यो भने पैसाको लोभ बढ्छ र विस्तारै पढाईबाट ध्यान हट्दै पैसा कमाउन तिर जाला कि भन्ने डरले हरेराम जागिर तिर कहिल्यै ध्यान दिनुभयो ।

उहाँको घरको अवस्था राम्रै छ । उहाँका दाइले दुई दुईटा स्कूल सञ्चाल गरिरहनु भएको छ गाउँमा । घरमा सबै पढे लेखेका नै हुनुहुन्छ । तर, घरमाथि उहाँ कहिलै निर्भर हुनुभएन । काठमाडौमा उहाँलाई कहिल्यै अभाव महसुस भएन । कहिल्यै काही वसन्तपुर गएर पर्यटकहरुको चित्र बनाउँदा अलि अलि पैसा आइहाल्थ्यो । कहिलेकाही चित्रकाला बेच्नुको साथै अन्य अर्डरका कामहरु गरेर आफ्नो खर्च जुटाउनु हुन्थ्यो उहाँ । पढाईमा मोटो रकम लागेको बेलामा मात्र घरको भर पर्नुहुन्छ नभए उहाँले आफ्नै कलाकारिताबाट उहाँ पैसा कमाउनु हुन्छ । बरु अहिले उहाँले कहिले घरमा पनि सहयोग गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, नौ वर्षदेखि काठमाडौमा छु । हालसम्म एक हजारभन्दा बढी आफ्नो आर्ट बेचेको हुँला । अहिले पनि अर्डरहरु आइरहन्छन् तर म त्यतातिर त्यति ध्यान दिइरहेको छैन । मेरो लागि पढाई नै प्रमुखता हो । यो मास्टर सकेपछि नयाँ ढंगबाट अगाडि बढ्ने सोच बनाएको छु ।’ स्कूलहरुबाट पनि आर्ट टिचरको रुपमा काम गर्न हरेरामलाई अफर आइरहेको छ तर उहाँले स्वीकार गर्नुभएको छैन । उहाँ भन्नुहुन्छ, घरमा मेरो दुईटा स्कूल छन्, पढाउनु पर्यो भने म त्यहाँ गएर पनि पढाउन सक्छु तर मलाई पढाउने इच्छा छैन । बरु पढाई सकेर राम्रो राम्रो आर्टिस्ट बन्ने लक्ष्य छ । आफ्नै एकल प्रदर्शन गरि आर्टको मार्केटमा आफूलाई स्थापित गर्न चाहन्छु ।’
उहाँ अहिले विहान विहान नृत्य पनि सिक्नु हुन्छ । विहान पाँच वजेदेखि एकघण्टा उहाँ डान्स सिकेर मात्र कलेज जानु हुन्छ । शंखमुलमा उहाँको भाडाको कोठा छ । उहाँले आफ्नो चित्रकालाको काम त्यही गर्नुहुन्छ । वसन्तपुरमा पनि उहाँको कार्यालय छ । साना साना दर्जनौ चित्रकाला प्रदर्शन गरिसक्नु भएका हरेरामले एउटा ठूलो एकल चित्रकाला प्रदर्शनी गर्न चाहनु भएको छ ।

पुरस्कार र सम्मान
हरेराम आजसम्म सेकेण्ड भएको अनुभव कहिले गर्नुभएको छैन । स्कूल, कलेज लाइफदेखि नै उहाँ जहिले पनि कला क्षेत्रमा उत्कृष्ट नै हुँदै आउनु भएको छ । सानातिना थुप्रै पुरस्कार थप्नु भएका हरेरामले सार्क स्तरीय एउटा चित्रकाला प्रदर्शनीलाई सम्झनु हुन्छ । उहाँले सार्क स्तरीय चित्रकाला प्रदर्शनीमा पहिलो पुरस्कार पाउनु भएको छ । एचआइभीका लागि पोस्टर बनाउने प्रतिस्पर्धा थियो । त्यसमा ६० जना भन्दा बढीले भाग लिएका थिए ।

चित्रकाला प्रदर्शनी
हरेराम यादव सानै उमेरमा चित्रकालाको क्षेत्रमा धेरैको मन जित्न सफल हुनुभएको छ । ललितकाला क्याम्पसमा पनि हरेरामको पहिचान बनिसकेको छ । उहाँ त्यहाँको विद्यार्थी भएपनि त्यहाँ हुने राष्ट्रिय प्रतिस्पर्धाहरुमा भाग लिने गर्नुहुन्छ ।

हालसम्म सानातिना गरि उहाँले २० वटा भन्दा बढी चित्रकाला प्रदर्शनीमा भाग लिइसक्नु भएको छ । उहाँले हालसम्म जतिमा भाग लिनुभएको छ सबै सामुहिक नै हो । उहाँले एकल प्रदर्शनी गर्न सक्नु भएको छैन । उहाँले एकल प्रदर्शनको तयारीमा पनि रहनु भएको छ ।

उहाँले हालसम्म सार्क पेन्टीङ प्रदर्शन २०१४, नेपाल ललितकाला मञ्चले गरेको प्रदर्शनी, मेडिटिएशन पेन्टिङ प्रदर्शनी, अल नेपाल आर्ट एशोशिएशन चित्रकाला प्रदर्शन, नेपाल विद्यार्थी युनियन समूह चित्रकाला प्रदर्शनी २०१३, एनसेल काला जात्रा समूह चित्रकाला प्रदर्शनी २०१३, काला क्रान्ति अभियान चित्रकाला प्रदर्शनी, नेपाल आर्ट काउन्सिल ग्रुप चित्रकाला प्रदर्शनी २०११, खुल्ला चित्रकाला प्रदर्शनी तथा प्रतिस्पर्धा २०१२, नेपाल फाइन आर्ट एकेडेमी, वर्कसप चित्रकाला प्रदर्शन २०१५, अन्तराष्ट्रिय चित्रकाला प्रदर्शनी (कृष्ण लिला) मिथिला आर्ट ग्यालेरी, नेपाल यादव समिति आर्ट कम्पिटिशन २००९, पोस्टर कम्पिटिशन २०१४, वाटर कलर कम्पिटिशन २०१३, रक आवाज चित्रकाला प्रदर्शनी २०११, लालीकाला प्रस्तुती चित्रकाला प्रदर्शनी एवं प्रतिस्पर्धा लहान २००९, आर्ट संसारले आयोजना गरेको अन्तराष्ट्रिय समूहको चित्रकाला प्रदर्शनी, आर्ट क्रिएशन र प्रस्तुती (नेपाल आर्ट काउन्सिल), जर्नि बीएफ ग्राजुएशन ग्रुप चित्रकाला प्रदर्शन (नेपाल आर्ट काउन्सिल) लगायतमा भाग लिनु भएको छ ।

त्यस लगायत उहाँले विभिन्न कार्यशाला गोष्ठीमा पनि भाग लिनुभएको छ । नेपाल एकेडेमी अफ फाइन आर्ट जनकपुर २०१५, मिथिला आर्ट कार्यशाला गोष्ठी २०१२, (मिथिला काला ग्राम सिरहा), मेडिटिएशन पेन्टिङ्ग कार्यशाला २०११, (मिथिलायें आर्ट ग्यालेरी), पेन्टिङ्ग वर्कशप २०११, (अल नेपाल फाइन आर्ट एशोसिएशन), शिवरात्री पेन्टिङ्ग वर्कशप २०१३, (कालक्रान्ति अभियान), देश कतातिर २०१२, (कालक्रान्ति अभियान), नेपाल एकेडेमी अफ फाइन आर्ट वर्कसप लहान सिरहा, फल्क आर्ट इन प्रिन्ट वाई नेपाल एकेडेमी अफ फाइन आर्ट २०१७ मा उहाँले भाग लिनुभएको छ । उहाँले आर्टिस्ट सोसाइटी अफ नेपालमा आवद्ध हुनुहुन्छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..