» » मुसलमान केटीसँग प्रेम गर्नु भएको सत्यनारायण न्यायका लागी काठमाडौमा

सत्यनारायण यादव

काठमाडौ माघ १३ गते । २०३१ सालमा एउटा मुसलमान केटीसँग विहे गरेका एकजना हिन्दु जातका केटो आजसम्म दुख पाईरहनु भएको छ ।
उहाँ मात्रै होइन, उहाँका नाती नातीनाले पनि दुख पाइरहेका छन् ।

सिरहा औरहीका एक ठूला जमिन्दारका छोरा सत्यनारायण यादवले आफ्नै घर खेतमा काम गर्ने मुस्लमान समुदायकी रसुलिया खातुनसँग प्रेम गर्नुभयो तर सत्यनारायणका बुवाले त्यो प्रेमलाई स्वीकार गर्नुभएन ।

बरु प्रेम गर्नुभएको ती केटीलाई रखैलको रुपमा राख तर कुनै पनि हालतमा विहे गर्न दिन्न, यो इज्जतको कुरा हो, समाजले स्वीकार गर्दैनन भन्दै छोरा सत्यनारायणलाई विहे गर्नबाट रोक्ने प्रयास गर्नुभयो, न्यायका लागी काठमाडौ आउनु भएका सत्यनारायण यादवले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, मैले रसुलियासँग प्रेम गरेको थिए, म उहाँलाई कुनै पनि हालतमा छाड्ने पक्षमा थिइनन्, बुवाले जवर्जस्ती छोडाउन चाहनु भयो तर म आफ्नो रसुलिया खातुनलाई नछाड्ने कुरा बुवासँग प्रष्ट रुपमा राखे ।

सत्यनारायण यादवले आफ्नो बुवा ह्रदयनारायण दास यादवसँग यस्तो कुरा राखेपछि उहाँले छोरालाई भन्नुभयो, तलाई जहाँ जहाँ जानु छ जा म आफ्नो सम्पत्तिकबाट एक फुटी कौडी सम्पत्ती दिन्न । त मेरो छोरा होइन ।

सत्यनारायणले त्यही गर्नुभयो । घर छाडेर हिड्नुभयो र आफ्नो जात परिवर्तन गरेर रसुलियासँग विहे गर्नुभयो ।

निम्न परिवारका रसुलियाले सत्यनारायणसँग विहे गरेपछि उहाँको खुशीको सीमा थिएन । तर त्यो प्रेमको खुशीले पेट भर्ने कुरा पनि हुँदैन । दिनमा कमाएपछि राती खाने अवस्था थियो रसुलिया परिवारको ।

त्यसपछि सत्यनारायण र रसुलिया अरुको खेतमा तथा घरमा काम गरेर गुजारा गर्न थाल्नुभयो ।

प्रेमको दुखद मिलन भएपनि उहाँहरुको दिनचार्या झन कष्टकर भयो । दुख कष्टको जीवन शुरुभयो । यद्यपी दुख सुखमा एक अर्कालाई साथ दिँदै जीवन काट्न थाल्नुभयो ।

उहाँ दुईजनाको प्रेम अमर भयो । चर्चा गाउँभरि मात्र होइन, जिल्लामै चर्चाको विषय भयो उहाँहरुको प्रेम ।

तर, उहाँहरुको दुखको पहाड हटेन । अनि अन्त्यमा बुवासँग कानुनी लडाई लडेर सम्पत्ति लिने सोच सत्यनारायण यादवले बनाउनुभयो । सत्यनारायण यादवले २०३३ सालमा सिरहा जिल्ला अदालतमा र्अंशका लागी मुद्दा दायर गर्नुभयो ।

मुद्दा दायर गरेपछि २५ विघाको मालिक ह्रदयनारायण दास यादवले अदालतमा पाँच विघा जमिन मात्र रहेको भन्नुभएको थियो । त्यसमध्ये सत्यनारायण यादवले सवा विघा जमिन मात्र पाउनुभयो ।

सत्यनारायणका दुई दाजु भाइ र आमावुवा गरि चार भागमा लगायो त्यो जमिनलाई ।

सत्यनारायणले दुखको कुरा सुनाउँदै भन्नुभयो, सवा विघा जमिन बुवाले त दिनुभयो तर यस्तो जमिन दिनुभयो कि कुनै कामै नलाग्ने । एकधुर यता दुईकठा उता यस्तै यस्तै गरि सवा विघा जमिन दिनुभएको थियो, कामै नलाग्ने ।

बुवाहरुको जमिनमा अंशवण्डा भयो, अंशबण्डामा बुवाले एउटा छोराको नाममा मात्र सम्पूर्ण अंश राख्नुभयो, मलाई बाँकी रहेको जमिनबाट केही दिनुभएन । मेले बुवासँग कति रोए, कति कराए तर उहाँले केही सुन्नुभएन, बुवाले त मेरो छोरा नै होइन, मेरो एउटा छोरा धर्मनारायण दास यादव मात्र हो, अर्को छोरा सत्यानारायण मर्यो भनि मलाई गाली गरेर पठाउनु हुन्थ्यो, आँसु पुछदै सत्यनारायणले सहारा टाइम्ससँग भन्नुभयो, मैले समाजमा पनि गुहार मागे, मैले प्रेम गरेर कुनै गल्ती गरेको छैन, प्रेम गर्न कुनै कानुन वा समाजले रोकेको छैन, मलाई न्याय दिनुस् भनि समाजमा रोए कराए तर कसैले केही सुनि दिएनन् ।

सत्यनारायण यो कथा सुनाउँदा उहाँ भकानिनु भयो । उहाँको श्रीमति रसुलिया वितेको पनि धेरै भइसकेको छ । प्रेम गरेपछि जीवनमा उहाँले भोगेको दुखको पहाड नै छन् । तर, न्यायलयले पनि उहासँग न्याय गरिरहेको छैन ।

छोरा जैनुल
उहाँ आफ्नो छोरालाई लिएर न्यायको खोजीमा काठमाडौ आउनु भएको छ । मानव अधिकारदेखि पत्रकार, बुद्धिजिवी, न्यायलयको ढोका ढोका गइरहनु भएको छ तर उहाँको कुरा सुनि दिने कोही छैन । काठमाडौले पनि मेरो कुरा सुनि दिएन भने म कहाँ जाउँ, उहाँका छोरा जैनुल भन्नुहुन्छ, बुवा एकदमै विरामी हुनुहुन्छ, हिडडुल गर्ने अवस्थामा हुनुहुन्न । आँखा देख्नु हुन्न । बेला बेलामा मूर्छा पर्नु हुन्छ, लड्नु हुन्छ, यस अवस्थामा पनि न्यायका लागी उहाँ मलाई लिएर काठमाडौ आउनु भएको छ ।

गाउँ समाज, जिल्ला तथा पुनरावेदन अदालतले न्याय दिन सकेन अब काठमाडौले न्याय दिन्छ कि जस्तो लागेको थियो तर पाँच दिनदेखि काठमाडौको गल्ली चहारिरहेको छु तर कसैले सुनिरहेको छैन ।

खुट्टामा च्यातेको चप्पल, जिउमा एकजोर लुगा लगाएर यो चिसोमा काठमाडौ आउनु भएका सत्यनारायण यादव छोराको सहारामा राजधानीमा न्याय खोजरहनु भएको छ ।

 छोरा जैनुल आफ्ना बुवालाई लिएर काठमाडौका मिडियालाई गुहार लगाउनु भएको छ तर कसैले सुनिरहेको छैन ।

जैनुलले भन्नुभयो, पत्रकारहरुले सम्पर्क गर्नुहुन्छ, ठुला ठूला कुरा गरेर जानु हुन्छ तर केही पनि गर्नुभएको छैन, अधिकारकर्मी, साहित्यकारहरु पनि भेटेर सन्तवना दिएर जानु भएको छ  तर केही सहयोग गर्दैनन् । मैले सहयोगमा आर्थिक सहयोग मागेको होइन, मलाई न्याय चाहियो । बुवाले गरेको प्रेमका कारण मेरो तीन पुस्ताले दुख पाउनु हुँदैन । मेरो वुवाले पाउनु भएको दुखका कारण आमा बुवाले दुख पाउनु भयो । मैले दुख पाइरहेको छु अब मेरा छोरा छोरीले पनि दुख पाउने भयो । के एकजनाले प्रेम गरेपछि कति पुस्ताले दुख पाउनु पर्छ ।

यही पीडा सहन नसकेर मेरो आमा वित्नुभयो, सहारा टाइम्ससँग कुरा गर्दै जैनुलले भन्नुभयो, मेरा आमाको मृत्यु हुने अवस्था थिएन तर अभावको जीवन कसरी गुजार्नु हुन्थ्यो त्यो हामीलाई मात्र थाह छ । एउटा भाइ (काका) विघाको विघा जमिन जोतेर खाइरहेका छन् मौज गरिरहेका छन् तर त्यही अर्को भाइ दुख पाएर रोइरहेका छन् के समाजले यो कुरा देखेका छैनन् ।

२०३३ सालदेखि सत्यनारायणले न्यायलय धाउनु भएको थियो भने २०७० सालदेखि उहाँका छोरा जैनुल न्यायलयको ढोका ढकढकाइरहनु भएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..