» » अनैतिक कार्य गर्न नदिएपछि बाउ छोराले यसरी कुटे मनितालाई


लहान, पुस २१ गते । सिरहाको लहान १९ मा आज एक महिलालाई बाबुछोराले मरनासन कुटपिट गरेको छ ।

लहान १९ कटहा टोलका विद्यानन्द यादवले हिजो विहान १० बजेतीर एक्कासी आएर कपाल समातेर पर्छारिएको र उहाँका बुबा रामअशिष यादवले बाँसको लठ्ठीले कुटपिट गरेको पीडित मनिता सदायले बताउनु भएको नेपाल पत्रकार महासंघ सिरहा अध्यक्ष दिनेश्वर गुप्ता आफ्नो फेसबुकमा लेख्नुभएको छ ।

गुप्ताका अनुसार मनिताले ‘उसको छोरा एक दिन पहिले आएर अनैतिक क्रियाकलापको कुरा चलाएका थिए ।’ ‘मैले सिधै भन्नुभयो मेरो पति बाहिर छन्,’ अनि मलाई गलत नजरले नहेर्नु ।’


‘उहाँ तैपनि अनैतिक किसिमले म संग व्यवहार गर्दा, ‘मैले उहाँलाई तिम्रो घरपरिवारलाई जानकारी गराउंने भन्नुभयो ।’ ‘अनि उनका घरपरिवारलाई जानकारी गराउंदा झन आक्रोशित भएका छन् उहाँ ।’

विद्यानन्दको गैरजिम्मेवारी कथनको विरोधमा मनिताले उहाँका घरपरिवारलाई जानकारी गराउंदा पनि वेवस्ता गरिएपछि यस्तो घटना भएको हो ।

बाबुछोरा मिलेर कुटपिट गर्दा बर्ष ३० की मनिताको जिउभरी निलडाम परेको छ । पीडित मनिता उपचारको लागि लहान अस्पतालमा भर्ना हुनुभएको छ ।  पीडित मनितासंग दूई जना बच्चा छन् । आमालाई घाईते बनाएपछि उहाँका बच्चाहरु विचलीमा परेका छन् ।

पीडित मनितालाई स्हारसुसारको लागि माईतीपक्षकी आमा फेकनी सदाय भन्नुहुन्छ, —‘दुखियालाई दुख दिनेको कमी छैन ।’‘यस्तो जाडोमा यि लालाबालाहरु विचलीमा छन् । ’‘मेरी छोरी नरभक्षीको शिकार भएका छन् ।’ ‘कानुनी राज्यमा यसरी मरनासन कुटपिट गरिएको छ ।’‘

 कानुनी उपचारको लागि सहयोग गरिदिन सबैलाई अनुरोध छ ।’ उता, बाबुछोराका पक्षधर सोही अस्पतालमा भेटदा उहाँले भने ‘विवाद भएर महिलालाई कुटपिट गरेकै हो ,तर‘ कारण स्पष्ट भएन ।’ उहाँले भन्नुभयो ।

यसबारे ईलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर युगेश्वर राउतले शुरुमा अनभिज्ञता देखाए तर पछि ‘लहान १९ कटहाको सदाय थरको घटना होला है ।’‘अहिले अस्पताल सम्पर्क गर्छु इन्स्पेक्टरले बताउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..