» » दुवै आँखा दान गर्ने घोषणा

सिरहा माघ ६ गते । मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवले शुक्रबार ११औँ ‘बलिदानी दिवस’का अवसरमा नेत्रदानको घोषणा गर्नुभएको छ ।

लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा सम्झौता गरी यादवले मरणोपरान्त दुवै आँखा दान गर्ने घोषणा गर्नुभएको हो । विसं २०६३ माघ २ गते अन्तरिम संविधानको विरोधमा शुरु भएको आन्दोलनका क्रममा लहानमा रमेश महतोको मृत्यु भएको माघ ५को दिनलाई मधेशवादी दलले बलिदानी दिवसका रुपमा मनाउँदै आएका छन् । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..