» » सीमास्तम्भ मर्मत बारे नेपाल र भारतले गर्यो छलफल

वीरगञ्ज , पुस ३० गते ।    नेपाली र भारतीय अधिकारीहरु हराएका सीमास्तम्भ तथा भत्केका सीमास्तम्भर्ला मर्मत गर्ने छलफल शुरु गरेको छ ।

दुवै पक्षले भारतको मोतिहारीमा बैठक बसी बारा र पर्सा जिल्लाको सिमामा रहेका क्षतिग्रस्त भएका र हराएका सिमास्तम्भको निर्माणको बारेमा छलफल गरेको छ ।
भारतको पूर्वी चम्पारणको मोतिहारीमा बसेको पहिलो फिल्ड सर्भे टिमको बैठकमा नेपाली पक्षबाट पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह र भारतीय पक्षबाट पूर्वी चम्पारणका डीएम रमनकुमार कर्णले आआफनो प्रतिवेदन पेस गर्नुभएको थियो ।

पर्साको सीमा क्षेत्रमा एकहजार ५९ र बाराको सीमा क्षेत्रमा ६८५ गरी एक हजार ७४४ सिमास्तम्भ क्षतिग्रस्त तथा हराएका थिए जसमध्ये नेपालले जोर र भारतले विजोर नम्बर गरी आधा–आधा सिमास्तम्भ बनाउने सहमति गरेको थियो ।

भारतीय पक्षले समयमै काम पूरा गर्ने आश्वासन दिएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताउनु भयो । बजेटको अभावमा कामले गति नलिएको बताउँदै भारतीयपक्षले समयमै काम पूरा गर्ने जनाएको उहाँले बताउनु भयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..