» » राजेन्द्र महतोले भन्नुभयो, काठमाडौमा शपथग्रहण स्वीकार हुँदैन

काठमाडौ पुस २४ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रदेशसभा सदस्यलाई काठमाडौमै शपथ खुवाउने सरकारको निर्णय प्रति आपत्ति जनाउनु भएको छ ।

प्रदेशको कुनै पनि ठाउँमा सपथ ग्रहण गराउँदा हुन्छ तर काठमाडौमा हुने शपथ ग्रहणलाई आफूहरुले स्वीकार नगर्ने बताउँदै उहाँले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गर्ने बताउनुभयो ।

संघीयताको मुख्य मेरुदण्ड प्रदेश नै हो, प्रदेशसभा सदस्यमा चुनाव जितेकाहरुको पनि े इच्छा पनि आफ्नै प्रदेशमा शपथ खानु हो तर राज्यले नै षड्यन्त्र गरि संघीयता समाप्त गर्नका लागि काठमाडौमा सपथग्रहण गराउन लागेको उहाँले आरोप लगाउनुभयो ।

प्रदेशको जुनसुकै ठाउँमा शपथ गराएर पहिलो बैठक बसाउँदा हुन्छ त्यसमा हाम्रो आपत्ति हुनेछैन, तर काठमाडौमा बैठक बस्ने र शपथ गराउने कुरामा पूर्ण आपत्ति छ, उहाँले भन्नुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..