» » उम्मेदवार चयन गर्ने जिम्मेवारी अध्यक्षमण्डललाई, लक्ष्मणलाल कर्णले दिनुभयो नोट अफ डिसेन्टको चेतावनी

काठमाडौ माघ ७ गते । राष्ट्रिय सभाको उम्मेदवार चयन गर्ने जिम्मेवारी राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलाई दिएको छ ।

राजपा नेपालको आज पार्टी कार्यालयमा बसेको राजनीतिक समितिको बैठकले अध्यक्ष मण्डललाई सो जिम्मेवारी दिएको हो ।

राजपा नेपाल र फोरम नेपाल छुट्टा छुट्टै चुनाव लड्दा एउटा पनि सीट आउने देखिएको छैन । काँग्रेससँग तालमेल गरेर चुनाव लड्यो भने चारवटा र वाम गठबन्धनसँग चुनाव लड्यो भने आठवटा सीेट आउने देखिएको छलफलले निष्कर्ष निकालेको छ ।

जोसँग तालमेल गर्दा बढी सीट आउँछ ती दलसँग तालमेल गर्न बैठकले म्याण्डेट दिएको स्रोतले जनाएको छ । राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले वाम गठबन्धनसँग तालमेल गर्न नहुने धारणा राख्नु भएको थियो । उहाँबाहेक अधिकाँशले जोसँग बढी सीट हुन्छ त्योसँग तालमेल गर्न सुझाव दिएको एक नेताले सहारा टाइम्सलाई बताउनुभयो ।

पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले खुलेर वाम गठबन्धनसँग तालमेल गरेर चुनावमा जान सुझाव दिनुभयो । काँग्रेससँग तामलेल गर्नुको आवश्यकता छैन, त्यो दलसँग तालमेल गर्नैपर्छ भन्ने के छ, हाम्रो लागि एमाले र काँग्रेस दुवै एउटै पार्टी हो, उहाँले बैठकमा भन्नुभयो, दुईटै पार्टी उस्तै हो भने जोसँग हामीलाई फाइदा हुन्छ त्योसँग सहकार्य गर्ने हो ।

गोविन्द चौधरी (नवलपरासी) ले पनि जोसँग फाइदा हुन्छ त्योसँग तालमेल गर्दा राम्रो हुने सुझाव दिएको बैठकमा सहभागि एक नेताले जानकारी गराउनुभयो ।

वाम गठबन्धन र मधेशवादी दलबीच तालमेल हुँदा आठ सीट प्राप्त हुन्छ त्यसमा छ सीट मधेशवादी दलले दावी गरेको छ । वाम गठबन्धन त्यतिकै पनि एक्लै चुनाव लड्दा उसलाई दुई सीट मात्र आउँदो रहेछ ।

मधेशवादी दलले माग गरेको छसीटमा एमाले सहमत भएको छैन । एमालेका नेताहरुले पार्टीमा यस विषयमा छलफल गरि टुगों लगाउने बताइएको छ ।

वाम गठबन्धनसँग तालमेल गर्ने कि काँग्रेससँग गर्ने राजपा नेपाल अन्योलमा देखिएको छ ।

लक्ष्मणलाल केर्णले दिए नोट अफ डिसेन्टको चेतावनी
उम्मेदवार चयनका लागी अध्यक्ष मण्डललाई जिम्मेवारी दिएपछि त्यसमा नेता लक्ष्मणलाल कर्णले असहमति जनाउनु भएको स्रोतले जनाएको छ ।
उम्मेदवारको टुगों लगाउने जिम्मेवारी राजनीतिक समितिलाई दिनुपर्ने उहाँको धारणा थियो । तर, उहाँ यो कुरामा अल्पमतमा परेपछि जिम्मेवारी अध्यक्ष मण्डलमा गएको हो ।

बैठक भाेली पनि बस्ने बताइएकाे छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..