काठमाडौं पुस २९ गते । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले सम्धी–सम्धीनीको प्रतिको मोह यसपटक फेरि देखाउने भएको छ ।
सरकारले गर्न लागेको प्रदेश प्रमुख नियुक्तमा संयोजक ठाकुरले आफ्ना सम्धी उमाकान्त झालाई प्रदेश प्रमुखका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम दिनुभएको छ ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नो तर्फबाट रत्नेश्वर कायस्थको नाम प्रधानमन्त्री देउवालाई दिनुभएको छ ।
यद्यपी सरकारले प्रदेश प्रमुखको नियुत्तीमा चाहिँ ढिलाई गरिरहेको छ ।
सोमवार बस्ने मन्त्रिपरिषद् वैठकबाट सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने सम्भावना छ । प्रदेश प्रमुख र अस्थायी राजधानी नतोक्दा प्रदेश सांसदको सपथ समेत रोकिएको छ ।
पुस २४ गते फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री देउवासँग छुटाछुट्टै भेट गरेका थिए ।
सोही भेटमा उनीहरुले आफ्नो पार्टीको तर्फबाट प्रदेश प्रमुखका लागि नाम दिएको स्रोतले जनाएको छ ।
झा र कायस्थ नेपाल सरकारका पूर्व सचिव पनि हुनुहुन्छ ।
सचिवबाट अवकाश लिएपछि उनीहरु राजनीतिमा आउनु भएको हो । उमाकान्त झा राजपाका महासचिव पनि हुनुहुन्छ ।
रत्नेश्वरलाल कायस्थ फोरम नेपालका सचिव हुनुहुन्छ । ।
उमाकान्तका छोरासँग आफ्नो छोरीको विहे गरेपछि ठाकुरले उमाकान्तलाई खिलराज रेग्मी नेतृत्वका सरकारमा मन्त्री बनाउनु भएको थियो ।
ठाकुरले दोस्रो संविधानसभामा आफ्नो सम्धिनी इन्द्रा झालाई समानुपातिक सांसद बनाउनु भएको थियो । अहिले पनि ठाकुरकी सम्धिनी इन्द्रा झाको नाम प्रतिनिधिसभा समानुपातिमा दोस्रो नम्बरमा रहेको छ ।
यसको नजिता आउन वाँकी छ । इन्द्रा झा यसपाली पनि प्रतिनिधिसभा संसद हुने सम्भावना छ ।
यसबाहेक दुई नम्वर प्रदेशमा प्रमुख नियुत्तीका लागि काँग्रेस नेता विमलेन्द्र निधिले पनि एक जनाको नाम सिफारिस गरेको छ ।
निधिले लोकेन्द्र मल्लिकको नाम दिएका छन् । मल्लिक पूर्व न्यायाधीश हुन् ।

No comments: