» » विभिन्न दल त्याग गरि युवा फोरममा प्रवेश

काठमाडौं, पुस २१ गते । विभिन्न पार्टी परित्याग गरी वद्यार्थी तथा युवाहरु संघीय समाजवादी फोरम नेपालको भ्रातृ संगठन समाजवादी विद्यार्थी फोरम नेपालमा प्रवेश गरेका छन् ।
समाजवादी विद्यार्थी फोरम केन्द्रीय कार्यालयले शुक्रबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राप्रपा प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष श्याम यादवको नेतृत्वमा कांग्रेस, एमालेसहितका दलबाट विद्यार्थी तथा युवाहरु फोरम प्रवेश गरेका हुन् ।
केशव विक्रम खड्का, विवेक वैश्य, अभिनाश यादव, शेषअलि रेन, सुरेश ठाकुर, शत्रुधन यादव, प्रभाकर मण्डल, सौजन कार्की लगायतका युवाहरु फोरम नेपालमा प्रवेश गरेका छन् ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले अबको नेपालको प्रधानमन्त्री बन्ने महत्वाकांक्षा राख्नु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधानको बन्दी भएको टिप्पणी गर्नुभयो ।
‘प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसक्दा पनि सत्ता हस्तान्तरण गर्ने आधार बनिसकेको छैन’ उहाँले भन्नुभयो, जबर्जस्ती जारी गरिएको संविधानलाई कांग्रेस, एमाले र माओवादीद्वारा विश्वकै उत्कृष्ट भनेर हल्ला गरेपनि यसले मुलुकमा अस्थिरता मात्र बढाएको छ ।’
श्रेष्ठले भन्नुभयो, ‘केपी ओली प्रधानमन्त्री बन्नका लागि संसदीय दलका नेताका नेता बन्नुपर्छ, संसदीय दलका नेता बन्नका लागि संघीय संसद चाहिन्छ, संघीय संसदीय दल कसरी बन्छ छ त भन्दाखेरि राष्ट्रियसभाको चुनाव हुनुपर्छ ।’ उनले अघि थप्नुभयो, ‘यस्ता  कानूनहरुले कसले लेखेका छन् भनेपछि तिनै दलका नेताहरुले ।
कार्यक्रममा फोरम नेपालका प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद विजय यादव, समाजवादी विद्यार्थी फोरमका केन्द्रीय अध्यक्ष विवेक राई लगायतले आआफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..