» » ठूला दल सविधानमै फँसेको उपेन्द्र यादवको टिप्पणी

सप्तरी २१ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला दलका नेताहरु आफैले बनाएको सविधानमा आफै फँसेको टिप्पणी गनुृभयो ।

सप्तरीमा हिजाे भएकाे एक कार्यक्रममा उहाँले भन्नुभयो, उहाँहरुले हतार हतार सविधान बनाउनु भयो, हामीले हतार  नगरौं सबैलाई समेटेर सविधान बनाऔं भन्यौं, पछि संशोधन गर्न पनि भन्यौं तर  उहाँहरुले मान्नु भएन तर आज उहाँहरु त्यसैमा फँस्नु भएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली चुनाव सकिए लगतै प्रधानमन्त्री बनिसक्नु हुन्थ्यो तर अहिलेसम्म बन्नु भएको छैन त्यो सविधानकै कारणले भइरहेको बताउँदै अध्यक्ष यादवले आफूहरुले बारम्बार संविधान त्रुटिपूर्ण रहेको बताइरहेपनि बलजफ्ती जारी गराएकै कारण उहाँ फस्नु भएको बताउनुभयो ।

उहाँहरुलाई प्रधानमन्त्री बन्न चाँडै सविधान संशोधन गर्नै पर्ने उल्लेख गर्दै उहाँले प्रतिनिधिसभाको समानुपातिक परिणाम चाँडो नआउनुको कारण पनि संविधान नै रहेको बताउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..