» » प्रदेशसभाको समानुपातिक नाम मिलाउन राजपाको बैठक जारी

FILE PHOTO
काठमाडौ पुस २४ गते । समानुपातिकको क्रमसँख्या र समावेशी समूह मिलाएर सूची नबुझाएको भन्दै निर्वाचन आयोगले पठाएको अर्को पत्रको बारेमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालको बैठक केन्द्रीय कार्यालयमा बसिरहेको छ ।

क्रमसँख्या र कलस्टर निमिलेको भन्दै आयोगले सच्याउनका लागि समय सीमा दिँदा पनि राजपा नेपालले पुरानै नामावली बुझाएको थियो । तर, आयोगले त्यसलाई स्वीकार नगरि सच्याउनका लागि अर्को पत्र पठाएको छ ।

पठाएको नामावलीमा रामप्रवेश बैठा, विभा ठाकुर, पुनम यादव र लैला खातुनको नाम नमिलेको आयोगले जनाएको छ । त्यसमा नाम संशोधन गरि पठाउन भनिएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..