» » भारत अचानक यसकारण भयो सक्रिय


प्रतिनिधिसभा र प्रदेशसभाको चुनावअघि मौन रहेका भारत अचानक सक्रिय भएको छ । असोजमा वाम गठबन्धन निर्माण भएपछि नेपालमा भारत रक्षात्मक अवस्थाा पुगेको थियो । जानकारहरु भन्छन्, नेपालको पोल्टिक्स यतिसम्म विकसित भयो तर भारतले भेउसम्म नपाउनु शंकास्पद हो ।’ भारतले थाह पाएन कि थाह पाएर थाह नपाउने गर्यो त्यो त पछिपछि खुल्दै गर्ला । तर चुनाव सकिए लगतै भारत अचानक सक्रिय भएर नेपालको राजनीतिकमा हस्तक्षेप गरिरहेको छ ।

हुन त पछिल्लो समय चीन पनि भारतलाई मात दिने गरि आफ्नो सक्रियता बढाएको छ । उसले पनि आफ्ना सम्पूर्ण एजेन्सीलाई सक्रिय पारेको छ । कम्युनिष्ट पार्टीप्रति चीनको ध्यान जति रहेको त्यस्तै चासो पूर्वक मधेशवादी दललाई पनि हेरेको छ । उसले पनि मधेशवादी दलले के गरिरहेका छन्, कहाँ गइरहेका छन्, के बोलिरहेका छन् हरेक कुराको अपडेट लिइरहेका छन् । तर उसले भारतको जस्तो हस्तक्षेप गरेको छैन । भारतले जस्तो दूतावासमै बोलाएर निर्देशनात्मक शैलीमा कुरा गरेको छैन । यो पुस महिनामा मात्र नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले गर्नुभएको गतिविधिलाई अध्ययन गर्ने हो भने नेपालको राजनीतिमा भारतले कति सारो चासो लिएको कुरा पुष्टि हुन्छ ।

पुस २१ गते मात्र राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल कुमार झा भारतीय विदेश मन्त्रालयमा नर्थ डेक्स हेर्ने सुधाकर दलेललाई भेटनु भएको थियो । उहाँहरुको बीचमा एकघण्टा छलफल भयो । उहँहरुको बीचमा के कुराकानी भयो कुरा बाहिर आएको छैन तर देशको समसामयिक राजनीतिक घटनाक्रम अब बन्ने नयाँ सरकारको विषयमा छलफल भएको स्रोतले दावी गरेको छ । दलेलले मधेशवादी दलका नेतालाई मात्र होइन, काँग्रेस, एमाले, र माओवादी केन्द्रका नेताहरुलाई पनि भेटेर भारत फर्किनु भएको छ । मधेशवादी दलका नेताहरुले दलेललाई भेटेको विषयलाई गोप्य राखेको छ ।


राजदूत पुरीले एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छुट्टा छुटाछुट्टै भेटघाट गरि पुस ५ गते दिल्ली उड्नु भएको थियो । दिल्ली पुग्ने वित्तिकै त्यसको भोलीपल्ट बेलुवाका त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवा, एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गर्नुभयो । सो फोनपछि यहाँको राजनीतिक झन पेँचिलो भयो । यहाँसम्म कि वाम गठबन्धनका नेताद्धय ओली र प्रचण्ड सोही दिन राती एक वजेसम्म बालकोटमा छलफल गर्नुभयो । छलफलमा के कुरा भयो त्यो त बाहिर आएको छैन तर मोदीको फोनपछि यी दुई नेताको बीचमा दुरी बढेको भन्ने पक्कै हो ।

भारतीय प्रधानमन्त्री मोदीले देशका प्रमुख तीन नेतालाई छुट्टा छुट्टै फोन गरेपछि राजनीतिक घटनाक्रम यति विकसित हुँदै गयो कि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बोलाएर पाँच वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव नै गर्नुभयो । यसले पनि प्रष्ट हुन्छ कि भारतीय प्रधानमन्त्री मोदीले फोनमा यी तीन नेतासँग के के कुरा गरेका होलान् ।

मोदीको फोनपछि नेपालको राजनीतिक घटनाक्रम यति छिटोछिटो विकसित हुँदै गयो कि आन्तरिक रुपमा दलहरु धु्रवीकरण गर्दै सत्ताको चलेखलमा लाग्यो । सत्ताको जोड घटाउ यस्ता शुरु भयो कि त्यसको मोहरा जानि नजानि मधेशवादी दल हुन गयो । त्यसको पछिल्लो उदाहरण उपेन्द्र यादव र एमालेका अध्यक्ष ओलीको भेटलाई लिन सकिछ ।

पुस ५ गते राजदुत पुरीले अध्यक्ष ओलीलाई भेटेर दिल्ली उडेकै दिन ओलीले सप्तरीमा रहनु भएका उपेन्द्र यादवलाई फोन गरि काठमाडौ आउन आग्रह गर्नुभयो । र सो आग्रहलाई स्वीकार गर्दै उपेन्द्र यादव रातारात काठमाडौ आइपुग्नुभएको थियो ।

आएकै दिन उपेन्द्र र ओलीबीच भेट हुन नसकेपनि दुई नेताको बीचमा फोन संवाद भएको स्रोतहरुको दावी छ । उहाँहरुको बीचमा पुस ८ गते मात्र भेटघाट हुन सम्भव भयो । भेटमा उपेन्द्र यादवको सिधा जवाफ दियो, तपाई मधेशको बारेमा प्रष्ट नभएसम्म हामीले समर्थन गर्न सक्दैनौ, एमालेप्रति मधेशमा नाकारात्मक सोच बनेको छ, त्यो सोचलाई बदल्ने काम एमालेले गर्नुपर्छ ।’


ओलीले उपेन्द्र यादवसँग छुट्टै कुरा गरेपछि राजनीतिकमा एकखालको तरङ्ग पैदा भयो । एमालेले मधेशवादी दललाई जोरजाम गरेर सरकार बनाई हाल्छ कि भन्ने चिन्ता भारतलाई लाग्यो । किनभने, भारतको एक मात्र चाहना ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्नु हो । एमालेलाई दुईटा मधेशवादी दलमध्ये एउटा कुनैले मात्र समर्थन गरि दियो भने भने पनि सरकार बन्छ । त्यसैले दिल्लीबाट फर्के लगतै राजदूत पुरी पुनः सक्रिय भई मधेशवादी दलको पाता कस्नु भयो । राजपा नेपालका स्रोत अनुसार राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र राजेन्द्र महतोलाई बोलाएर भेट गरी लोकतान्त्रिक गठबन्धनलाई सक्रिय गर्न आग्रह गर्नुभयो ।

त्यसपछि राजपा नेपाल लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन सक्रिय भयो । लोकतान्त्रिक गठबन्धनमार्फत प्रचण्डलाई प्रधानमन्त्री बनाउने जोडघटाउमा लाग्यो । यहाँसम्म कि काँग्रेसका नेता डा.अमरेशकुमार सिंहलाई राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो खुमलटारस्थित प्रचण्डलाई भेट्न उहाँकै निवास पुग्नु भएको थियो । त्यही राजेन्द्र महतो हुनुहुन्छ जो भारतसँग टक्कर लिएर चुनावमा भाग लिनुभयो । धनुषा तीनमा विमलेन्द्रलाई छाड् दिन भारतले दिएको दवावलाई नमानेर निधिसँग चुनाव लडेर भारतलाई दरो जवाफ दिनुभयो ।

महतो र प्रचण्डबीच पक्कै पनि सरकार गठनको बारेमा कुराकानी भएको हो तर महतो भन्नु हुन्छ, सरकार गठनको विषयमा होइन, मधेश मुद्दाको विषयमा कुराकानी गर्न प्रचण्डलाई भेटन गएको थिए । सरकार जसको बनोस् तर सविधान संशोधन होस् भन्नका लागि भेट गएको थिए ।’ जसको सरकार बनेपनि प्रचण्डको भूमिका मुख्य देखिने भएकाले उहाँलाई सविधान संशोधनको विषयमा सम्झाना गएको उहाँले दावी गर्नुभयो । महतोको यो भनाईमा कति सत्यता छ, त्यो कुरा विस्तारै खुल्दै गर्ला । तर, यो कुरा सत्य हो कि मधेशवादी दल वाम गठबन्धनलाई रुचाएको छैन लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर सरकार गठनतिर लागेको छ ।

मधेशवादी दल र लोकतान्त्रिक गठनबन्धनको चलेखल तीब्र भएपछि बाध्य भएर अध्यक्ष ओलीले चितवनमा रहनु भएका प्रचण्डलाई फोन गरेर राजधानी फर्किन आग्रह गर्नुभएको थियो । प्रचण्डले उहाँको आग्रहलाई स्वीकार त गर्नुभयो तर त्यही दिन फर्किनु भएन । पुस ११ गते फर्केका प्रचण्ड र ओलीबीच त्यही दिन भेटघाट हुने कुरा थियो तर भएन । त्यसको भोलीपल्ट मात्र सम्भव भयो ।

वाम गठबन्धन सक्रिय राजदूत पुस १४ गते प्रधानमन्त्री निवास बालुवाटार छिर्नुभयो । जहाँ काँग्रेसको राजनीतिक समितिको बैठक चलिरहेको थियो । बैठकमै त उहाँ जानु भएन तर त्यहाँ गएर प्रधानमन्त्री देउवासहितका मुख्य नेतासँग छुट्टै छलफल गरी फर्किनु भएको थियो । संयोग त्यही दिन ओली र प्रचण्डबीच पनि छलफल भयो । तर, छलफलले कुनै निष्कर्ष निस्केन ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..