» » राजपा नेपाल पार्टी कार्यालयका स्टाफको कोठामा चोरी

 सुरेन्द्र मण्डल
काठमाडौ माघ १६ गते । राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा कार्यरत सुरेन्द्र मण्डलको डेरामा चोरी भएको छ ।

सानेपामा रहेको उहाँको डेरामा हिजो राती चोरी भएको मण्डलले बताउनुभएको छ । एकजना आफन्तको घरमा जन्मदिनको उपलक्ष्यमा कार्यक्रम थियो । सोही कार्यक्रममा सहभागि हुन उहाँ इमाडोल जानु भएको थियो ।

राती ढिलो भएको कारण उहाँ आफ्नो कोठामा फर्किनु भएन । विहान सोही फल्याटमा बस्नेले घरमा चोरी भएको जानकारी गराए पछि मण्डल कोठा फर्किनु भएको थियो ।

कोठाको ढोका ताला तोडेर घरमा रहेका दराजबाट तीन तोला  सुन, २० भरि चाँदी र १८ हजार नगद चोरेर लगेको मण्डलले जानकारी गराउनुभयो ।

जावलखेलबाट प्रहरी गएर घटनाको स्थल निरक्षण गरेको छ । प्रहरीले चोरको खोजी तथा अनुसन्धानमा जुटेको मण्डलले जानकारी गराउनुभयो ।


About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..