काठमाडौ पुस २५ गते । राष्ट्रिय जनता पार्टी नेपालले आज पनि समानुपातिक सूची सच्यान सकेन ।
आयोगमा पठाएको १० जनाको नाम क्रमसख्याँ र समावेशी समूह अनुसार नभएको भन्दै सच्याएर पठाउन पत्र पठाएको थियो । तर राजपा नेपालले पुनः जस्ताको त्यस्तै नाम पठाएको थियो ।
पछि आयोगले अर्को पत्र पठाएर नियमावली अनुसार सच्याएर पठाउन भनेपछि राजपा नेपाल तीन दिनदेखि त्यसैमा छलफल गर्यो तर अझै सहमति जुटाउन सकेको छैन ।
पुस २३ गते आयोगले अर्को चिठी पठाएपछि त्यही दिन बैठक बस्यो । त्यसमा सहमति बन्न सकेन । फेरि पुस २४ गते पनि बैठक बस्यो महेन्द्र राय यादव अनुपस्थित रहेको कारण कुनै निर्णय हुन सकेन आज पुनः बैठक बस्यो तर महेन्द्र राय यादव अनुपस्थित नरहेको कारण समानुपातिकको विषयमा कुनै निर्णय हुन नसकेको भनेका छ ।
राजपा नेपालले पठाएको १० जनाको नाममध्ये रामप्रवेश बैठा, लैला खातुन, विभा ठाकुर र पुनम यादवको नाममा विवाद रहेको छ । उहाँहरुको नाम क्रमसँख्या तथा समावेशी समूह अनुसार नआएको भनिएको छ । तर राजपा नेपालका नेताहरुले आफूहरु समावेशी अनुसार नै सूची बुझाएको तर आयोगले जवर्जस्ती सच्याउन भनिरहेको आरोप लगाउनु भएको छ ।
कसैलाई हटाए कसैको नाम पठाउँदा पार्टीमा पुनः विवाद हुने डरले दलका नेताहरुले चुनौति लिन चाहनु भएको छैन । यसअघि समानुपातिक सूचीमा विनोद सिंहको नाम नपरेपछि पार्टी कार्यालयमा तोडफोड भएको थियो । अब यो नाममा हेरफेर भएपछि पुनः के हुने हो त्यसको त्रास देखिएको छ ।
उहाँहरुको नाम हटेपछि नेत्रविक्रम साह, अल्का झा, डा.रिना यादव र निरा साहको नाम जाने सम्भावना रहेको छ ।

No comments: