» » राजपा नेपालका को हुनुहुन्छ भाग्भानी निरा साह ?

राजपा नेपालका को हुनुहुन्छ भाग्भानी निरा साह ?
काठमाडौ माघ २–भाग्यमानीको भुतै कमारो कसैका लागि लागु  हुन्छ भने त्यो लागु हुन्छ निरा साहमा ।

मान्छेको भाग्यमा भएपछि कसैले रोक्न सक्दैन भने कुराको पछिल्लो उदाहरण हो निरा साह । निरा साह राजपा नेपालको समानुपातिक सूचीमा परेको छ ।

यसअघि बुझाएको सूचीमा उहाँको नाम परेको थिएन तर आयोगले क्रमसँख्या मिलेको छैन मिलाएर सूची बुझाउनुस् भन्दा त्यसमा उहाँको नाम परेको हो ।

निरा साह सर्लाहीका हुनुहुन्छ । उहाँ प्रमोद साहका श्रीमती हुनुहुन्छ । प्रमोद साह राजपा नेपालबाट सर्लाही एक नम्बर क्षेत्रबाट प्रतिनिधिसभामा चुनाव जित्नु भएको छ । निरा साह कुनै आन्दोलनमा लागेका महिला पनि हुनुहुन्न । उहाँ गृहणी हुनुहुन्छ ।

प्रमोद साह सर्लाही जिल्लाका राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक पनि हुनुहुन्छ । प्रमोद साह जित्नु भएको क्षेत्र राजेन्द्र महतोको क्षेत्र हो । सो क्षेत्रबाट राजेन्द्र महतो आफै चुनाव नजित्ने आँकलन गरेपछि उहाँ धनुषा ३ बाट चुनाव लड्नु भयो ।

राजेन्द्र महतोले नै चुनाव नजित्ने क्षेत्रमा अरु को जित्न सक्छ भनि त्यहाँ राजपा नेपालका अरु कोही नेता चुनाव लड्न तयार हुनु भएन ।

हार्ने चुनाव किन लड्ने भनि कोही तयार हुनु भएन । प्रमोद साह पनि चुनाव नलड्ने पक्षमा हुनुहुन्थ्यो । हार्ने चुनाव किन लड्ने भनि उहाँले पनि निर्वाचनमा भाग लिने राजपा नेपाललाई जवाफ दिइसक्नु भएको थियो ।

त्यसपछि के गर्ने त्यहाँबाट त कसैलाई चुनाव त उठाउनु पर्छ भनि छलफल गर्यो । अध्यक्ष मण्डलका सदस्यहरुले एउटा उपाय निकाल्नु भयो । प्रमोद साहको श्रीमती निरा साहलाई समानुपातिकमा राखेपछि उहाँ चुनाव लड्न तयार हुनुहुन्छ भनि नेताहरुले निष्कर्ष निकाल्नुभयो ।

प्रमोद साह पनि त्यसमा तयार हुनुभयो । आफ्ना श्रीमती रिना साहलाई समानुपातिकमा राख्ने कन्फर्म भएपछि उहाँ सो क्षेत्रबाट चुनाव लड्न तयार हुनुभएको थियो ।

चुनाव लडेपछि उहाँ सो क्षेत्रमा निकै मेहनत गर्नुभयो र चुनाव जित्नुभयो । अहिले प्रमोद साह प्रतिनिधिसभाका सांसद र श्रीमती निरा साह प्रदेशसभाका सांसद हुनुभयो । राजपा नेपालका नेताहरु भन्छन्, पार्टीमा यस्तो भाग्यमानी विरलै पाइन्छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..