» » लागुऔषधसहित एक पक्राउ

नवलपरासी, पुस १८ गते । नवलपरासीको ९बर्दघाट सुस्ता पूर्व०बाट लागुऔषधसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

डाइजोपाम एक सय थान, फेनारगन एक सय थान र नुफिन एक सय एम्पुलसहित लमजुङ्ग बेंसिशहर–२ का जीवन धिताललाई मध्यबिन्दु नगरपालिका–७ स्थित ४० किलोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी जिल्लाको पाल्हिनन्दन गाउँपालिका–३ का अब्दुल धुनियालाई मोटरसाइकल चोरीको आरोपमा प्रहरीले आज उक्राउ गरेको छ ।

उनले युपि ५६ पी ३८१४ नम्बरको भारतीय मोटरसाइकल ठूठीबारीबाट चोरी गरी ल्याउँदै गर्दा पक्राउ परेको सीमा प्रहरी चौकी महेशपुरका प्रहरी निरीक्षक गोविन्द राउतले जानकारी दिनुभयो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..