» » स्कुटर दुर्घटनामा चालकको मृत्यु

काठमाडौँ, पुस १८ गते । काठमाडौँ तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।


गएराति १२ः१५ बजे बा २२ प ७४०१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक उदयपुर घर भई हाल ललितपुरको लुभु बस्ने ४९ वर्षीय गोपाल आलेको मृत्यु भएको हो ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्रगतिमा गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको जानकारी दिनुभयो ।


दुर्घटनाबाट गम्भीर घाइते आलेको उपचारका क्रममा निजामती अस्पताल, मीनभवनमा निधन भएको हो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..