» » सरकारसँग प्रतिवेदन सार्वजनिक गर्न राजपा नेपालद्धारा माग

काठमाडौ पुस २५ गते । कैलाली घटना र मधेश आन्दोलनको क्रममा भएको क्षतिको छानविन गर्न बनेको उच्चस्तरिय छानविन आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न राष्ट्रिय जनता पार्टी नेपालले माग गरेको छ ।

मंगलवार पार्टी कार्यालयमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको अध्यक्ष मण्डलको बैठकले सो माग गरेको हो ।

संयोजक ठाकुरले भन्नुभयो, कैलाली घटना र मधेश आन्दोलनको क्रममा भएको क्षतिको छानविन गर्न बनेको उच्चस्तरिय छानविन आयोगको प्रतिवेदन सरकारलाई बुझाएको महिनौ दिन बित्न लाग्दा समेत सरकारले सार्वजनिक नगर्नुले हामीलाई सशंकित बनाएको छ । तसर्थ उक्त प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न समेत राजपा सरकारसंग जोडदार मांग गर्दछौ ।

प्रतिवेदन सार्वजनिक गराउनका लागि मधेशका विभिन्न संघ संस्थाले पनि दवाव मुलक कार्यक्रमहरु पनि गर्दै आएको छ । पुस २२ गते माइतीघरमा विरोध जुलुस प्रदर्शन गरेको थियो भने पुस २४ गते युएन भवनको अगाडि प्रदर्शन गर्नुको साथै ज्ञापन पत्र पनि बुझाएको थियो ।

अब पाँच वटै दललाई ज्ञापनपत्र बुझाउनुको साथै धर्ना बस्नुदेखि लिएर विरोधको कार्यक्रम गर्ने थर्ड एलाइन्सका दीपेन्द्र झाले बताउनु भएको छ । त्यस्तै आवश्यक पर्यो भने सर्वोच्चमा रीट दायर गर्नुको साथै अमेरिकी दूतावसा लगायत अन्य दूतावासलाई पनि ध्यानाकर्षण गराउने जनाइएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..