» » शितलहरका कारण सामुदायिक विद्यालय बन्द

धनुषा पुस १९ गते । प्रतिकूल मौसमका कारण धनुषा जिल्लाका सामुदायिक विद्यालय आजदेखि बन्द गर्ने निर्णय गरिएको छ ।


जिल्ला शिक्षा कार्यालयका अनुसार अधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।


कार्यालयको वार्षिक शैक्षिक कार्यक्रमअनुरूप जाडो बिदा पुस २४ गतेदेखि माघ ५ गतेसम्म हुनेभएकोमा अधिक चिसोका कारण शैक्षिक कार्यक्रम पूर्व नै बिदा दिनुपरेको जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले बताउनुभयो ।


सार्वजनिक विद्यालय पुस १९ गतेदेखि माघ १ गतेसम्मका लागि बन्द गरिएको बताइएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..