» » जग्गा खरिदको रकम भुक्तानी


रसुवा, पुस १८ गते । भूकम्पपछिको आवास पुनः निर्माणमा जमिन नभएका भूकम्पपीडित परिवारलाई जग्गा खरिदको रकम प्रदान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार उत्तरगया गाउँपालिकाका ६ घरपरिवारलाई प्रतिघर परिवार रु दुई लाखका दरले जग्गा खरिदबापत प्रदान गरिएको हो । यसअघि ४४ घरपरिवारलाई जग्गा खरिदको रकम प्रदान गरिएको उहाँले बताउनुभयो ।

थातथलोको बस्ती जोखिम भई एकीकृत बस्तीका रुपमा स्थान्तरण गर्नुपर्ने करिब ६५० घरपरिवारमध्ये हालसम्म ७८ परिवारलाई जग्गाधनी पुर्जा प्राप्त गरेको आधारमा जग्गादातालाई रु एक करोड ५६ लाख भुक्तानी गरिएको राष्ट्रिय पुनः निर्माण प्राधिकरण रसुवा शाखाका प्रमुख कृष्णकान्त उपाध्यायले जानकारी दिनुभयो ।

भूकम्पबाट विस्थापित भई बोगटीटार क्षेत्रमा बस्दै आएका परिवारलाई आवास पुनः निर्माण गराउन जागरण ल्याउने कार्य भईरहेको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताउनुभयो । विस्थापित परिवारलाई छिटोभन्दा छिटो जग्गा व्यवस्थापन गरी आवास पुनः निर्माणमा प्राथमिकता दिन प्रतिनिधिसभा सदस्य मोहन आचार्यले सरोकारवालासँग आग्रह गर्नुभएको छ ।

प्रजिअ न्यौपानेको अध्यक्षतामा बसेको पुनः निर्माणसम्बन्धी बैठकमा बोल्दै आचार्यले सबै निकाय दत्तचित्त भएर अगाडि बढेर बसोबासलाई सहज बनाउन आग्रह गर्नुभयो । उहाँले जिल्ला अस्पतालको समेत निरीक्षण गरी स्वास्थ्य उपचार प्रभावकारी बनाउन चिकित्सकलाई आग्रह गर्नुभयो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..