» » गोली लागेर एकको मृत्यु


पाल्पा, पुस १८ गते । बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् ।

मस्यामका बालबहादुर लम्तरीले बाँदर ठानेर चलाएको गोली लागेर पल्लो पाखामा बाख्रा चराइरहेका थापाको मृत्यु भएकोे पाल्पाका प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।

गोली प्रहार गर्ने लम्तरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । नाता सम्बन्धले मृतक थापा लम्तरीका भिनाजु पर्दछन् । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..