» » टुनीपानी लिफ्ट खानेपानी योजना सम्पन्न

पोखरा, पुस १८ गते । कास्कीको मादी गाउँपालिका वडा नं १२ लिपेयनीमा निर्मित टुनीपानी लिफ्ट खानेपानी योजना सम्पन्न भएको छ ।
गाउँमुनि रहेको मूल नजिक ट्याङ्की निर्माण गरी १४६ मिमाथि लिफ्टबाट पानी तानेर पाँच गाउँका ८८ घरपरिवारलाई पानी वितरण गरिएको वडाध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
पश्चिमाञ्चल क्षेत्रीय खानेपानी तथा सुपरीवेक्षण कार्यालयको नगद र जिन्सी गरी रु ५५ लाख र स्थानीय जनश्रमदान गरी खानेपानी योजना सम्पन्न गरिएको हो ।
खानेपानी योजनाबाट लिपेयनी, ओझा, पोखरीगरा, गुरुङ गाउँ, परखेतका बासिन्दा र हिमालय आधारभूत विद्यालय शिक्षक र विद्यार्थीसमेत लाभान्वित भएका छन् ।
वर्षौंदेखि खानेपानी समस्या झेल्दै आएका ५०० भन्दा बढी स्थानीयवासीलाई खानेपानीको सुविधा पुगेको बताइएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..