» » प्रचण्ड र ओलीको पहिलो च्वाइस उपेन्द्र नै किन ?


जनआन्दोलन–२ र मधेश आन्दोलन–१ केही दिनको आगाडि पछाडी भएको हो । यी दुई आन्दोलनबाट देशले परिवर्तनको ठूलो फड्को मार्यो । जनआन्दोलनबाट चम्किएका एकदुई जना नेता राजनीतकिको भिडमै बिलाए । तर, मधेश आन्दोलनबाट चम्किएका एकजना पात्र अझै ‘हर्ट पर्सन’ कै रुपमा छन् ।

त्यो ‘हर्ट पर्सन’ हुनुहुन्छ उपेन्द्र यादव । हरेक एक दशकमा पात्र परिवर्तन, व्यक्ति परिवर्तन यहाँसम्म कि सिस्टमै नै परिवर्तन हुने गरेको इतिहास छ । तर नेपाली राजनीतिमा उपेन्द्र यादव एक एउटा यस्तो पात्र जन्मिए जो जहिले पनि राजनीतिको केन्द्रविन्दुमा रहनु भयो ।

अहिले पनि उहाँ विना राजनीतिक अगाडि नबढ्ने जस्तो देखिएको छ । जसलाई पनि उपेन्द्र यादव नै चाहिन्छ भनि अवस्था सृजना भएको छ । एमालेले छुट्टै सरकार बनाउनका लागि उपेन्द्र यादवको साथ चाहेको छ भने माओवादी केन्द्रले पनि काँग्रेससँग सरकार बनाउन उपेन्द्र यादवको साथ चाहेको छ । यहाँसम्म कि माओवादी केन्द्रसँग सरकार बनाउन काँग्रेसले पनि उपेन्द्र यादवको साथ चाहेको छ । अर्थात तीनटै ठूला पार्टीको आवश्यकता बन्नु भएको छ उपेन्द्र यादव । यस्तै राजनीतिक खिचातानी भइरह्यो भने प्रधानमन्त्री बन्न बेर लगाउँनु हुन्न उपेन्द्र यादव ।

वाम गठबन्धन भत्कियो भने ‘किङ्ग मेकर’ बन्ने अवस्थामा हुनुहुन्छ उपेन्द्र यादव । दुई नम्बर प्रदेशमा आफ्नै दलको नेतृत्वमा सरकार बनाउने हैसियत बनाई सक्नु भएका उहाँले केन्द्रमा पनि केन्द्रविन्दुमै रहनु भएको छ । २०६३÷०६४ मा मधेश आन्दोलनको नेतृत्व गर्नु भएका उपेन्द्र यादव पहिलो सविधानसभामा जबर्जस्त रुपमा आफ्नो उपस्थिति देखाउनुभयो । जुन अंक गणित सबै दलका लागि आवश्यकता बनेको थियो ।

उहाँ पहिलो मधेश आन्दोलन सकाएर आएपछि शरतसिंह भण्डारी, विजयकुमार गच्छदार, जेपी गुप्ता जस्ता राजनीतिकका धुरन्धर खेलाडीहरुलाई आफ्नो नेतृत्वमा पार्टीमा भित्र्याउनुभयो तर उहाँहरु दोस्रो सविधानसभा आउँदासम्म कोही पनि टिक्नु भएन । तीनै जनाले अलग अलग पार्टी बनाएर निस्किनु भयो ।

अहिले त्यसमध्ये गच्छदार काँग्रेसमा फर्किनुभयो भने जेपी गुप्ता राजनीतिकको निस्कृय जीवन विताइरहनु भएको छ । अर्का शरतसिंह भण्डारी राजपा नेपालमा सामेल हुनुभएको छ ।

त्यही टुटफुटको नतिजा हो, दोस्रो सविधानसभामा उपेन्द्र यादवले नेतृत्व गरेको फोरम नेपाल कमजोर भएर आयो । पार्टी कमजोर भएपनि उहाँको मनोबल कहिले कमजोर भएन ।

दुईजना प्रत्यक्ष र आठजना समानुपातिक गरि १० जना सांसद लिएर पनि उहाँ नेपाली राजनीतिको चर्चाको केन्द्रविन्दुमै रहनुभयो । चाहे त्यो भारतीय हस्ताक्षेपको विरोध गरेर होस् या मधेश आन्दोलनको नयाँ नयाँ योजना बनाएर होस् । एमालेबाट अलग भएका अशोक राईको पार्टी संघीय समाजवादी नेपाल पार्टीसँग एकीकरण गरेर आदिवासी जनजातिलाई जोड्ने कामले पनि गर्नुभयो । छ महिनासम्म चलेको मधेश आन्दोलनको नेतृत्व गरेका उपेन्द्र यादवको जोडबलमा राजधानी केन्द्रीत आन्दोलन पनि भएको थियो । त्यो पनि चर्चाको विषय नै बन्यो त्यतिबेला । डेढ महिनासम्म टुडिखेलमा रिले अनसन चलेको थियो । तर मधेशी मोर्चाका अन्य नेताहरु सहयोग गर्नुभएको थिएन ।

राजेन्द्र महतो र महन्थ ठाकुर कहिल्यै त्यहाँ जानु भएन । त्यत्रो लामो समय रिले अनसन हुँदा मोर्चाका अन्य नेताहरुले चासो नलिँदा यी नेताहरुको बीचमा अनबन रहेको पुष्टि भएको थियो । उहाँले आफ्नो नेतृत्वमा ३० दलीय लोकतान्त्रिक गठबन्धन बनाउनु थियो, जसमा मधेशी मोर्चासहित आदिवासी जनजातिका आधिकाँश पार्टी र संस्था सहभागि थियो ।

उपेन्द्र यादवले डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरणको पहल शुरु गरेकै बेला मधेशी मोर्चामा रहेका छवटा दल राष्ट्रिय जनता पार्टी नेपाल गठन गर्नुभयो । आफूहरु भन्दा पहिले उपेन्द्र यादव र बाबुरामबीच एकीकरण नभइजाओस् भनि छिटो छिटो विना पूरा तयारी राजपा नेपालको घोषणा भयो । जसको राम्रो तयारी नभएको नतिजा अहिले आएर देखाएको छ । राजपा नेपाल गठन गरेपछि उपेन्द्र यादवलाई मधेशी मोर्चा र लोकतान्त्रिक गठबन्धनबाट पनि निष्काशन गर्ने काम गर्यो । तैपनि उपेन्द्र यादव अघिअघि राजपा नेपाल पछि पछि हिडिरहेका थिए ।

राजपा नेपाल आन्दोलनमा रही रहेको बेला उपेन्द्र यादव स्थानीय तहको चुनावमा भाग लिनुभयो । त्यसबेला राजपा नेपालले त्यसको निकै आलोचना गर्नुभयो । त्यो अलोचनाका कारण दोस्रो चरणको स्थानीय चुनावमा फोरम नेपालको क्षति पनि भयो । तेस्रो चरणको स्थानीय तहको चुनाव दुई नम्बर प्रदेशमा मात्र भयो । जसमा फोरम नेपालसहित राजपा नेपाल पनि भाग लियो । त्यो चुनावमा फोरम नेपाल सबभन्दा ठूलो पार्टी भएर आयो । त्यसमा पनि उपेन्द्र यादवको निकै चर्चा भएको थियो । मिडियाले त ‘कम ब्याक उपेन्द्र’ भनि समाचार लेख्यो ।

यता, प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा उपेन्द्र यादवको फोरम नेपाल प्रदेशसभामा चौथो र प्रतिनिधिसभामा पाँचौ स्थान कायम गर्नुभयो ।

प्रतिनिधिसभामा फोरम नेपालले समानुपातिकसहित १६ सीट ल्याएको छ भने राजपा नेपालले समानुपातिकसहित १७ सीट ल्याएको छ । एक सीटले राजपा नेपाल अगाडि छ । राजपा नेपाल एक सीटले अगाडि भएपनि उनी चर्चामा छैन । उहाँलाई हालसम्म कसैले सोधपुछ पनि गरेको छैन ।

करिब दुई हप्तादेखि महन्थ ठाकुर राजधानीमा छन् तर कुनै नेताले छलफलका लागि बोलाएन तर उपेन्द्र यादवलाई एमालेका अध्यक्ष ओलीले मधेशमा विजय जुलुसमा सहभागि रहेका लाई बोलाएर काठमाडौमा छलफल गर्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि उपेन्द्र यादवसँग छलफल गरिसक्नु भएको छ ।

दुवैजनाले उपेन्द्र यादवसँग आआफ्नो अनुकुल सहयोग लिनका लागि वार्ता र छलफल गरिसक्नु भएको छ । यहाँसम्म कि राष्ट्रपति विद्या भण्डारीले पनि राजपा नेपालभन्दा पहिले उपेन्द्र यादवको पार्टीसँग राष्ट्रियसभाको अध्यादेश बारे छलफल गर्नुभयो । केन्द्रीय राजनीतिमा मधेशले के गर्छ त्यो उपेन्द्र यादवमाथि निर्भर छ । राजपा नेपालले पनि उपेन्द्र यादवले जे गर्छ त्यही मानेर जाने अवस्थामा छ । जो पहिलादेखि हुँदै आएको कुरा हो ।

पहिला पनि राष्ट्रिय राजनीतिमा उपेन्द्र यादवले गर्ने निर्णयलाई राजपा नेपालका नेताहरु मान्ने गथ्र्यो चाहे त्यो सुशिल कोइरालाई प्रधानमन्त्रीमा समर्थन गर्ने कुरा होस् या प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरा अथवा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने कुरा किन नहोस् उपेन्द्र यादव नै निर्णायक हुन्छ ।

 राष्ट्रिय राजनीतिमा कुनै अप्ठ्यारो अवस्था आउँदा उपेन्द्र यादव के गर्छन् भनि हरेकको चासो हुन्छ । पत्रकारदेखि लिएर ठूला दलका नेताहरु पनि उपेन्द्र यादवको निर्णयलाई कुरेर बसेको हुन्छन् । राजपा नेपाल त झन उपेन्द्र यादवको निर्णयलाई पर्खेर बसेका हुन्छन् । उपेन्द्र यादवको अवस्था स्पष्ट भएपछि मात्र राजपा नेपालले आफ्नो निर्णय लिने गरेको धेरै उदाहरण छन् । अहिले पनि उपेन्द्र यादवले लिने निर्णय राजपा नेपालले स्वीकार गरेर जाने अवस्था सृजना भएको छ ।

उपेन्द्र यादवले एमालेका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका नेता बाबुराम भट्टराईसँग छलफल गर्नुअघि राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गर्नुभएको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..