» » मधेशवादी दलले प्रस्ताव गरेको झा र कायस्थको नाम अनुमोदन

काठमाडौ माघ ३–संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश प्रमुखका लागि सिफारिश गरेका दुवैजनाको नाम सरकारले राखेको छ ।

फोरम नेपालले रत्नेश्वर लाल कायस्थ र राजपा नेपालले उमाकान्त झाको नाम प्रस्ताव गरेको थियो । सरकारले आज मन्त्रीपरिषद्को बैठकबाट उहाँ दुवैजना सहित सातवटै प्रमुखको नाम सार्वजजिनक गरेको छ ।

प्रदेश एकमा गोविन्द सुब्बा, दुईमा रत्नेश्वर लाल कार्यस्थ, तीनमा अनुराधा कोइराला, चारमा बाबुराम कुँवर, पाँचमा उमाकान्त झा, छमा दुर्गाकेशर खनाल र सातमा मोहनराज मल्लालाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।

त्यस्तै सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले  जानकारी दिनुभयो । जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले सरकारको यो निर्णयको बारेमा प्रतिकृया दिँदै भन्नुभयो, सरकारले आफ्नो काम गरेको छ यसमा नो कमेन्ट ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..