» » यस कारणले जित्नसक्छ मधेशी दल

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध सात दलमध्ये छवटा दल मिलाएर बनाएको राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सबै सदस्यहरु चुनावी मैदानमा छन् ।

चुनाव कसरी जित्ने भनि एउटै चिन्ताले अध्यक्ष मण्डलका सदस्यहरु आआफ्नो क्षेत्रमा घरदैलो तथा प्रचार प्रसारमा लागेका छन् । अध्यक्ष मण्डलका सबै सदस्यहरु यसपटक प्रत्यक्ष चुनाव नै लड्नुपर्छ भनि पार्टीभित्र कुरा उठेपछि अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर (महोत्तरी–२), राजेन्द्र महतो (धनुषा–३), महेन्द्रराय यादव (सर्लाही–२), शरतसिंह भण्डारी (महोत्तरी–१), अनिलकुमार झा (रौतहट–१) र राजकिशोर यादव (सिरहा–४) आआफ्नो चुनावी क्षेत्रमा प्रचार प्रसारमा लागेका छन् ।
संघीय समाजवादी फोरम नेपालसँग समेत चुनावी तालमेल गरेका राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु चुनाव जित्नेमा ढुक्क देखिन्छ । यसरी ढुक्क हुनुको तीनवटा करण छन्–
१. मधेशमा लामो समयसम्म आन्दोलन गरेको
२. स्थानीय तहको चुनावमा सम्मानजनक सीट ल्याएको
३. फोरम नेपालसँग तालमेल गरेको
मधेशमा लामो समयसम्म आन्दोलन गरेको कारण भावनात्मक भोट सबै आफूहरुलाई नै आउने विश्वास ती नेताहरुमा रहेको देखिन्छ । जसरी पहिलो मधेश आन्दोलनमा ती दलहरुले चुनाव जितेका थिए त्यसरी नै यसपटक पनि जित्ने दाउमा उनीहरु छन् । वीरगञ्जमा रहेका राजनीतिक विश्लेष एवं पत्रकार चन्द्रकिशोरले मधेशवादी दल पनि मधेशमा जित्न सकेन भने यो ठूलो प्रतिष्ठाको विषय बन्नसक्ने बताए । अरु ठाउँ भन्दा पनि मधेशी नेताहरु मधेशमा जित्न सक्ने धेरै आधारहरु छन् ।
उनले भने– पहिलो आधारः प्रदेशसभाको चुनाव भइरहेको कारणले प्रदेश सरकार मधेशी नै हुनुपर्ने मधेशी जनताको मनमा कतै नकतै छन् । काँग्रेस, एमाले र माओवादी केन्द्रले नै मधेश प्रदेशमा सरकार बनायो भने मधेशको अवस्था फेरि जस्ताको त्यस्तै रहने भनि यहाँको जनतामा सन्देश गएको छ र यसलाई ‘क्यास’ गर्ने काम मधेशवादी दलले गरिरहेका छन् ।
दोस्रो आधारः सविधान संशोधनको कुरा मधेशवादी दलले जोडतोडले उठाएका छन् । मधेशी नेताहरुले मधेशी मतदातामा एउटा छाप छाड्न सफल भएको छ कि मधेशवादी दलले बहुमत ल्याए मात्र सविधान संशोधन सम्भव छ । र, यो कुरालाई पनि मधेशी मतदातामा नेताहरुले प्रसारित गरिरहेका छन् । स्थानीय तहको चुनावमा राजपा नेपालले सम्मानजनक सीट ल्याएको छ । दुई नम्बर प्रदेशको स्थानीय चुनावमा भाग लिएका राजपा नेपालले २५ वटा स्थानीय तह जितेका छन् । दुई नम्बर प्रदेशमा काँग्रेस पहिलो, फोरम नेपाल दोस्रो र राजपा नेपाल तेस्रो स्थानमा रहेको छ ।
सोही मतको आधारमा यो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मधेशमा दोस्रो स्थान ल्याउने दावी राजपा नेपालको रहेको छ । राजपा र फोरम नेपालको गठबन्धनले मधेश प्रदेशमा पहिलो स्थान ल्याउने हिसाब किताब गरेर बसेका छन् । फोरम नेपालले प्रतिनिधिसभामा १७ र राजपा नेपालले १५ सीट लिएका छ भने प्रदेशसभामा फोरम नेपालले ३३ र राजपा नेपालले ३१ सीट लिएको छ । यो हिसाबले पनि फोरम नेपाल बढी सीट ल्याउने अनुमान गरिएको छ ।
अर्को कुरा राजपा नेपालले फोरम नेपालसँग तालमेल गरेपछि निकै आशावादी बनेका छन् । दुईटै दलको मत पाएपछि किन नजित्ने भनि उनीहरुलाई लागेको छ ।

कुनै ठाउँमा राजपा नेपालको संगठन राम्रो छ भने कुनै ठाउँमा फोरम नेपालको संगठन राम्रो छ । यो तालमेलले एकअर्काको भरमा जित्ने दावमा नेताहरु रहेका छन् । जनकपुरमा रहेका पत्रकार एवं साहित्यकार रामभरोसी कापडीले यसपटक मधेशवादी दलले जित्ने सम्भावना एकदमै बढेको बताए । मधेश राजनीतिक र त्यसको निर्वाचनलाई नजिकबाट नियाल्दै आएका कापडीले मधेशवादी दलको मत शहरी क्षेत्रमा तलमाथि भएपनि ग्रामिण क्षेत्रमा नहुने विश्वास व्यक्त गरे ।


उनले भने, शहरी क्षेत्रमा मत तलमाथि हुनुमा धेरै फ्याक्टरले काम गरेका हुन्छन् तर ग्रामिण क्षेत्रमा त्यस्तो खास फरक पार्दैनन्, स्थानीय तहको चुनावमा मधेशवादी दलको उपस्थिति र ती दलका नेताहरुको प्रस्तुतीका कारण ग्रामिण क्षेत्रका मतदाताहरु प्रशिक्षित भइसकेका छन्, उनीहरु दायाँ बायाँ हुँदैन तर शहरीयाहरु जो मतदाताका ठेकेदारहरु हुन्छन् उनीहरु गएर विगार्न सक्छ ।’

 उनले पनि मधेशमा मधेशी नेता मधेशी दल नै रहोस् भनि धेरैको मनमा आइसकेको छ । जो स्वतन्त्र व्यक्तिगत छन्, अलिकति जान्ने बुझ्ने भएका छन्, यसअािघ काँग्रेस, एमाले र माओवादी केन्द्रमा मतदान गर्थे आज उसले पनि मधेश प्रदेशमा मधेश सरकार नै गठन होस् मधेशवादी दलकै नेतृत्वमा सरकार बनोस् भनि चाहना व्यक्त गरिरहेको बताए ।


काँग्रेस, एमाले र माओवादी केन्द्रका कारण नै मधेशी जनता विभेदमा परेको उनीहरुले अधिकार दिन नचाहेको कुरा मधेशी मतदातामा राम्रोसँग सञ्चारित भएको बताउँदै कापडीले ठूला दलहरु पनि जनताको घरदैलो छाडेका छैनन्, उनीहरु पनि मत तान्ने प्रयासमा छन् र मधेशवादी दलभन्दा कमजोर पनि नदेखिएको कुरा सुनाए ।   

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..