धनुषा मंसिर २४ गते । उम्मेवारी परेदेखि चर्चाको शिखरमा रहनु भएका राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई हराएर विजय हुनुभएको छ ।
धनुषा प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राजपा नेपालको अध्यक्ष मण्डलका राजेन्द्र महतोले सर्लाहीबाट आएर त्यहाँ चुनाव जित्नु भएको हो । जितसँगै उहाँले आफ्नो जित मधेश आन्दोलनको जित भएको प्रतिकृया दिनुभएको छ ।
शनिबार अबेर राति निर्वाचन आयोगद्वारा घोषणा गरिएको मत परिणाम अनुसार नेपाली कांगे्रसका नेता विमलेन्द्र निधिलाई २९१४ मतको अन्तरले महतोले पराजित गर्नुभएको हो ।
महतोले ३० हजार ७ सय ४२ मत प्राप्त गर्नुभएको छ भने भने निधिले २७ हजार ८ सय २८ मत प्राप्त गर्नुभएको छ ।
यता, सोही निर्वाचन क्षेत्रबाट प्रदेश सर्भा खु मा राजपा नेपालकै उम्मेदवार परमेश्वर साहले जित हात पार्नुभएको छ । साहले कांग्रेसका निकटतम प्रतिद्वन्द्वी श्यामप्रसाद साहलाई पराजित गर्नुभएको हो ।
No comments: